परशुराम ६ का वाढि पिडीतलाई छिट्टै राहत दिन्छौं : मेयर जोशी

पदम जोरा,डडेल्धुरा

परशुराम नगरपालिकाका मेयर भरत वडायर जोशीले परशुराम नगरपालिका वडा.न ६ का वाढि पिडीत परिवारलाई छिट्टै प्रकृयागत रुपमा खाद्यान्न राहत उपलब्ध गराउने वताएकाछन ।
नगरपालिकाको असोज ४ गते वसेको वैठकको निर्णय अनुसार नगरपालिकाले एकद्वार प्रणालीवाट छिट्टै राहत उपलब्ध गराउने निर्णय गरेको उनले वताए ।
बिभिन्न संघ संस्था,व्यक्तिहरुले उक्त वाढि ग्रस्त क्षेत्रमा सहयोग गर्न चाहेमा नगरपालिका मार्फत वितरण गर्नु पर्ने समेत निर्णय गरिएको प्रमुख प्रशासकिय अधिकृत तारानाथ पनेरुका भनाई छ ।
खाद्यान्न तथा तत्काल आवश्यक पर्ने राहत छिट्टै प्रकयागत रुपमा खरिद गरि वितरण गरिने नगर–प्रमुख जोशीले वताए ।
दशै, तिहार पर्व आउदै छ वडा.न ६ सिमलीखेत, सरगौडा,ठन्नजाला, पट्रेनीका स्थानीयको धानवाली नष्ट भएको प्रति आफु दुःखित भएको जोशीले सुनाए ।
दैविय पिद आई लागेको छ , स्थानीय डम्बर साउँदको खुद्रा पसलमा पुर्ण क्षती भएको छ ।
रंगुन तटबन्ध भत्कीएर गाउँमा बाढि पसे पछि पट्रेनीका डिल्ली साउँद, चन्द्र साउँद , काले साउँद, विस्ना साउँद, माने साउँद, तुलवहादुर साउँद, दुर्गा साउँदको सहित दर्जन वढि स्थानीयहरुका कच्ची घर सहित करिब १ सय विघा क्षेत्रफलमा रोपेको धानवाली नष्ट भएको प्रहरीले जनाएको छ ।
थप राहत र क्षतीपुर्तिका लागि प्रकृया थालिने भएपनि खाद्यान्न राशत छिट्टै दिईने नगर–प्रमुख जोशीको भनाई छ ।

bb

Leave A Reply

Your email address will not be published.