ईलाका प्रहरी कार्यालय जोगबुडा द्वारा अबैद मदिरा नष्ट

पदम जोरा,डडेल्धुरा


ईलाका प्रहरी कार्यालय जोगबुडाले ५२ पेटी अवैद मदिरा नष्ट गरेको छ ।
परशुराम नगरपालिकाको बिभिन्न पसलवाट लुकाई छिपाई राखेको अवस्थामा वरामद गरि प्रहरीले उक्त मदिरा नष्ट गरेको हो ।
न्यूनगुणस्तरको महाकाली, रहर र गिलिण्डर नामको गरि जम्म ५२ पेटी मदिरा नष्ट गरेको ईलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरिक्षक गंगादत्त बडुले गाउँघरन्यूज लाई जानकारी दिए ।
उक्त न्यूनगुणस्तरको अवैद मदिरा परशुराम नगरपालिकाका नगर–प्रमुख भरतवडायर जोशी, उप–प्रमुख बिमला बोहरा, होटल व्यवसायी, उद्योग वाणिज्य संघ, पत्रकार र सरोकारवालाहरुको रहोवरमा नष्ट गरीएको ईलाका प्रहरीले कार्यालय जोगबुडाले जनाएको छ ।
परशुराम नगरपालिकाले अबैद मदिरा पुर्ण रुपमा बन्द गरेको छ भने, अन्य मदिरा सेवन, बिक्रि वितरण ओसार पसराम लाई व्यवस्थीत पार्ने निर्णय गरेको छ ।
मदिराका कारण ग्रामिण बस्तीमा लैङ्गीक हिंसा घट्ने भएकाले नगरपालिकाले मदिरा व्यवस्थापनलाई जोड दिएको छ ।

bb

Leave A Reply

Your email address will not be published.