परशुराम नगरपालिकाको टोली द्वारा वाढि ग्रस्त वस्तीको निरिक्षण

पदम जोरा,डडेल्धुरा

परशुराम नगरपालिका र नेपाल प्रहरीको सयुक्त टोलीले परशुराम वडा.न. ६ को बस्ती र समुदायमा स्थलगत निरिक्षण गरेको छ ।
आईतवार परशुराम नगरपालिकाका नगर–प्रमुख भरत वडायर जोशीको संयोजकत्वमा उप–प्रमुख विमला बोहरा (महता) प्रमुख प्रशासकिय अधिकृत तारानाथ पनेरु, वडा.न ६ का वडा अध्यक्ष खगेन्द्र बहादुर सिंह,वडा.न ८ का वडा अध्यक्ष दिनेश प्रशाद जोशी, जिल्ला समन्वय समिति सदस्य लिला धामी ,काँग्रेस डडेल्धुरा सदस्य राम बहादुर ऐर काँग्रेस परशुराम सचिव मञ्जु धामी, ईलाका प्रहरी कार्यालय जोगबुडाको सयुक्त टोलीले वाढि ग्रस्त क्षेत्र सिमलीखेत, ठन्नजाला, सरगौडामा स्थलगत निरिक्षण गरेको हो ।

उक्त बस्तीमा बाढि पस्दा स्थानीय कृषकले लगाएको धानवाली क्षती भएको छ, भने स्थानीय डम्बर साउँदको खुद्रा पसल, मिल, बाख्रा, पशुचौपाया वाढिले वगाएको छ ।


पन्तुरा र रंगुन नदिमा पानिको बहाव बढे पछि सिमलखेत नजिकैको तटबन्ध भत्कीदा उक्त वस्तीमा वाढि पसेको प्रहरीले जनाएको छ ।
परशुराम नगरपालिका वडा.न १२ स्थित शिद्वाथान नजिकै काले कामीको घरमा पनि वर्षाले क्षती पुगाएको छ ।
भाद्र ३१ गते रातिको वाढिले परशुराम नगरपालिकाका अन्य वडाका गाँउ, वस्तीमा समेत क्षती पुगाएको छ ।


क्षतीको यर्थात स्थलगत प्रहरी मुचुल्का सहितको रिपोर्ट संघ सरकारलाई पठाउनका लागि प्रधानमन्त्री शेर बहादुर देउवाको निदेर्शनमा हेलिकोप्टर चार्टर गरि काठमाण्डौंमा रहेका परशुरामका मेयर भरत वडायर जोशी सहितको टोली आईतवार जोगबुडा पुगेका हो ।
प्रधानमन्त्री ज्यूले तुरन्त जानुस् ०६२ सालको वाढिले त्यो क्षेत्रमा ठूलो जनधनको क्षती भएको हो, कहाँ के कस्तो उद्वार, राहत उपलब्ध गराउन पर्छ, पठाउनुस भन्नु भएको हो ,नगर–प्रमुख भरत वडायर जोशीले वताए ।

नगर–प्रमुख सहित हामी काठमाण्डौं थियौं , यताँ वाढिले नगरपालिकाका बिभिन्न गाउ,वस्ती र वडाहरुमा क्षती पुगाएको खवर प्राप्त भयो । ’प्रधानमन्त्री ज्यु लाई जानकारी गराई आफुहरु आईतवार हेलीकोप्टर र्चाटर गरि जोगबुडा पुगेको वडा.न ६ का वडा अध्यक्ष खगेन्द्र सिंहको भनाई छ ।
परशुराम नगरपालिका वडा.न ११ मा सुक्रवार रातिको वर्षाले सिचाई कुलो, खेतीयोज्य जमिन, खानेपानीको मुहान र पाईप बगाएको छ ।
वडा ९ ,१० र ११ जोड्ने गाईबाद्व, वेलडाङी, कुरमुल्ले, सलेत्ता सडक खण्ड अवरुद्व भएको छ ।
वडा.न १,२,३,७,८,र १२ मा पनि वर्षाले धानवाली र खेतीयोग्य जमिन, सिचाई कुलो, सडकमा क्षती पुगेकोछ ।
२०६२ सालको विनासकारी वाढिको चपेटामा परेको परशुराम नगरपालिका वडा.२ र ३ पनि सडकपुर्ण रुपमा अवरुद्व रहेको र खेतीयोग्य जमिन,सिचाईकुलो, खानेपानीको मुहान र पाईपमा क्षती पुगेको वडा.न २ का अध्यक्ष रमेश बोहराले वताए ।

bb

Leave A Reply

Your email address will not be published.