डडेल्धुराको परशुराम ३ की गर्भवतीकोे हेलिकोप्टर मार्फत उद्वार

पदम जोरा,डडेल्धुरा

डडेल्धुराको परशुराम नगरपालिका वडा.न ३ शिर्सकी २१ वर्षीया गर्भवती महिलाको हेलिकोप्टर मार्फत उद्धार गरिएको छ ।

शुक्रवार जोगबुडा अस्पताल भर्ना भएकी परशुराम नगरपालिका वडा.न ३ तोडिन्नाकी राधा ऐरको हेलिकोप्टर मार्फत उद्वार गरिएको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहन राज जोशीले गाउँघरन्यूज लाई जानकारी दिए ।
जोगबुडा अस्पतालले अन्यत्र रेफर गर्ने भने पछि ,अस्पताल व्यवस्थापन समिति अधयक्ष समेत रहेका परशुराम नगरपालिकाका मेयर भरत वडायर जोशीले नेपाली शेनाको हेलिकोप्टरका लागि प्रमुख जिल्ला अधिकारी मोहन राज जोशी मार्फत समन्वय गरेको राधाका भाई मोहन ठकुराठीले वताए ।
नेपाल सरकारले प्रशुति व्यथा तथा उच्च रत्तश्राप जटिल खालका गर्भवती महिला उद्वार स्वरुप सम्वन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रदेस तथा स्थानीय सरकार प्रमुखको समन्वय र सिफारिसमा हेलिकोप्टर मार्फत उद्वार कार्यक्रम सञ्चालन गरेको छ ।
जोगबुडा अस्पतालका डा.जितेन्द्र चौधरीका अनुसार राधाको नर्मल डेलिभरी नहुने अवस्था देखियो, हामीले अन्यत्र रेफर गरेका हौं, शुक्रवार रातिवाट निरन्तर वर्षा नरोकिएकाले प्रमुख जिल्ला अधिकारी र मेयर साप संग समन्वय गरि हामीले सिफारिस गरि अन्यत्र रिफर गरेका हौ

डडेल्धुरा जिल्लाका प्रमुख जिल्ला अधिकारी मोहन राज जोशी परशुराम नगरपालिकाका नगर–प्रमुख भरत वडायर (जोशी) सुदुरपश्चिम प्रदेशका समाजिक बिकास मन्त्री गोविन्द राज बोहरा, नेपाली काङ्ग्रेस डडेल्धुराका सभापति तथा परशुराम नगरपालिकाका निर्वतमान मेयर भिम बाहादुर साउँद संगको समन्वयमा दिदिको हेलिकोप्टर मार्फत उद्वार गरिएको राधाका भाई मोहन ठकुराठीले वताए ।

bb

Leave A Reply

Your email address will not be published.