चन्द्रा खत्री,जोगबुडा
परशुराम नगरपालिकाले डेङ्गुको संक्रमण वाट जोगीन नागरिकलाई अपिल जारी गरेको छ ।
पछिल्लो समय डडेल्धुरामा पनि डेङ्गुको संक्रमण बढ्दै गएकाले सर्तकता र सावधानी अपनाउन नगरपालिकाले अपिल जारी गरेको हो ।
नगरपालिकाले शुक्रवार एक सूचना जारी गर्दै , घर आगन सरसफाई गर्नु पर्ने, सुत्दा झुलको प्रयोग गर्नुपर्ने, पानी जम्ने, खाल्डा, खुल्डी पुर्नु पर्ने वा सरसरफाई गर्नु पर्ने , घरको झ्याल ढोकामा जाली लगाउनु पर्ने, पुरा वाहुला भएको वा पुरै ढोकीने कपडाको प्रयोग गर्नु पर्ने, कामनलाग्ने , फोहरहरु जलाउने, वा पुर्ने, घर , कार्यालय वा विद्यालयको कुना तिर किटनासक औसधी छकर्ने, स्वास्थ्य कर्मीहरुको परामर्ष सहित नगरपालिकाले नागरिकमा अपिल जारी गरेको हो ।
डेङ्गु संक्रमणका लक्षणहरु ज्वरो आएमा, जोर्नी वा मांसपेसीहरु दुखेमा , आखाँ दुखेमा , शरिरमा राता विविरा आउने जस्ता लक्षण देखीएमा नजिकैको स्वास्थ्य संस्थामा स्वास्थ्य जाचँ गराउन पर्ने सूचना मार्फत नागरिकमाझ अनुरोध गर्दछौ प्रमुख प्रशासकिय अधिकृत तारानाथ पनेरुको भनाई छ ।
चन्द्रा खत्री(परशुराम एफ.एम र गाउँघरन्यूज अनलाईन) को रिपोर्टर हुन ।
