पबित्रा रोकामगर,जागबुडा
डडेल्धुराको परशुराम नगरपालिका वडा.न १२ तुलाभाडीका तेजेन्द्र ओखेडाको सर्पको टोकाईवाट मृत्यु भएको छ ।
भाद्र ३० गते राति सुतेको अवस्थामा तुलाभाडीका १५ वर्षिय तेजेन्द्र ओखेडलाई सर्पले टोकेको प्रहरीले जनाएकोछ ।
ओखेडालाई करिब राति २ वजेको समयमा सर्पले डसेको जोगबुडा अस्पतालका डा.जितेन्द्र चौधरीले गाउँघरन्यूज लाई जानकारी दिए ।
आमा,वुवा मजदुरीका लागि भारत पसेका र दाजु छुट्टीएर अलग्गै वस्ने उनी एक्लै घरमा बस्दथे ।
सर्पले टोके पछि तेजेन्द्र ओखेडाले आफैले सर्प मारी फेरी विस्तरामा सुतेको र पछि एक्कासि बिशलाग्दा आफन्तले जानकारी पाएको र बैद्वको भरमा पर्दा ऊनलाई वचाउन नसकेको अस्पताल श्रोतले जनाएको छ ।
१५ वर्षिय जितेन्द्र ओखेडा शैलेश्वरी माद्यमिक विद्यालय परशुराम १२ तुलाभाडीमा कक्षा ८ मा अध्ययनरत छात्र हुन ।
कक्षा ८ मा अध्ययनरत छात्रको सर्पको टोकाई वाट मृत्यु भए पछि ऊनको शोकमा १ दिनका लागि विद्यालय बन्द गरिएको शैलेश्वरी माद्यमिक बिद्यालय तुलाभाडीका प्रधानाध्यपक नरेश बहादुर विष्टले जानकारी दिए ।
ऊनी एक अनुशासित र मेहनती भलिवल खेलका उत्कृष्ठ छात्र रहेको प्रधानाध्यापक बिष्टले वताए ।
