पदम जोरा,डडेल्धुरा
डडेल्धुराको परशुराम नगरपालिका वडा.न ४ भित्र जुवातास खेल्ने खेलाउने, र मदिरा सेवन ,बिक्रिवितरण ओसार पसार पुर्ण रुपमा बन्द गरिएको छ ।
वडाका नागरिकलाई शान्ती सुरक्षा र अमनचयनको अनुभुति दिने उदेश्यका साथ मदिरा सेवन,क्रिवितरण, जुवातास बन्द गरिएको वडा.न ४ का वडाअध्यक्ष बिश्राम बोहराले गाउँघरन्यूजलाई वताए ।
मदिराका कारण गाउँ, बस्तीमा बिभिन्न खाले अपराधिक घटना घट्न सक्ने भएकाले वडाले मदिरा वन्द गरेको अध्यक्ष वोहराको भनाई छ ।
हामीले १ सूचना जारी गरि मदिरा सेवन तथा बिक्रि वितरण र जुवातस बन्द गरेका छौं, यदि सूचनाको अवज्ञा गरेको पाईएमा नियमानुसार कारवाही गरिने समेत अध्यक्ष बोहराले वताए ।
वडा.न. ४ का सामाजिक अगुवा, बुद्वजिबी, महिला आमा समुह, टोलबिकास समिति वाट पटक–पटक मदिरा र जुवातास खेल्ने गरेको भनी गुनासो आएकाले वडा.न ४ को बैठकको निर्णयले मदिरा र जुवातास बन्द गरेको वोहराले वताए ।
