पदम जोरा,जोगबुडा
भागेश्वर माद्यमिक विद्यालय परशुराम ४ कटालले भाद्र २९ गते ५८ औं राष्ट्रिय वाल दिवस मनाएको छ ।
दिवसको अवसरमा विद्यालयले आधारभूत तह स्तरीय सास्कृतिक र मा.बि.स्तरीय बक्तीत्वकला प्रतियोगिताको आयोजना गरि दिवस मनाएको हो ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष शेरसिंह माल(डायमण्ड)को अध्यक्षता तथा वडा.न ४ का वडा अध्यक्ष बिश्राम सिंह बोहराको प्रमुख आतिथ्यताका दिवस मनाईएको विद्यालयका शिक्षक दुर्गादत्त पन्तले गाउँघरन्यूजलाई जानकारी दिए ।
भागेश्वर माबी कटाल आयोजक रहेको उक्त प्रतियोगितामा वडा.न ४ लटेरोडा स्थित कालिका प्राथमिक विद्यालय, रङुन भ्याली बोडिङ स्कुल कटाल ,पायोनियर चाइल्ड एकेडेमी कटालका छात्र÷छात्राहरुको सहभगिता रहेको थियो ।
वडा.न ४ ले उक्त प्रतियोगिताका लागि आर्थिक सहयोग गरेको वडा सचिव डम्बर साउँदले वताए ।
छात्र÷छात्राहरुको आन्तरिक तथा बाह्यि क्षमता प्रस्फुटन गर्ने र गराउने उदेश्यका साथ प्रतियोगिताको आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक जनकराज अवस्थीले वताए ।
उनले भने ‘यो दिवस उहाँहरुको मुत्तिको दिवस हो, नेपालले संयुक्त राष्ट्रसंघको बाल अधिकार महासन्धिलाई २०४७ साल भदौ २९ गते अनुमोदन गरेको थियो त्यस यता हरेक वर्ष भदौ २९ गते लाई राष्ट्रिय बाल दिवसको रुपमा मनाइँदै आएको छ ।
यस वर्षको बाल दिवसको नारा ‘बालमैत्री समाजको आधार जिम्मेवार परिवार, उत्तरदायी सरकार’ रहेको छ ।
