पदम जोरा,डडेल्धुरा
डडेल्धुराको भागेश्वर गाउँपालिकामा निर्वतमान गाँउपालिका अध्यक्ष कौशिल भट्टको कार्यकालमा सुरु भएको उज्यालो भागेश्वर कार्यक्रमले सार्थकता नपाएको देखिएको छ ।
गाउँपालिकाको वडा.न ५ सिराडमा गाडिएको बिधुत पोलमा घास थुपारीएको फोटो सामाजिक संजालमा सार्वजनिक भए पछि प्रष्ट उज्यालो भागेश्वर कार्यक्रम कति प्रभावकारी छ भन्ने देख्न सकिन्छ ।
२०७४ सालमा गाउँपालिका अध्यक्षमा निर्वाचित अध्यक्ष कौशिला कुमारी भट्टले आफ्नो कार्यकालको ५ वर्षमा भागेश्वर गाउँपालिकाका ५ वटै वडाका दुर दराजका वस्तीमा बिधुत विस्तार गरि उज्यालो भागेश्वर बनाउने निति तथा कार्यक्रम र वजेट पारित गरेको भएृ पनि कार्यक्रम प्रभावकारी भएन ।
प्रकृया लम्बीयो, ठेक्का सम्झौता र ठेकेदारको लापरवाहीले आफ्नो कार्यकालमा उज्यालो भागेश्वर कार्यक्रम सम्पन्न गर्न नसकेको पछुतो भट्टले गरिन ।
नव निर्वाचित अध्यक्ष हेमराज चटौतको नेतृत्वको कार्यपालिकाले उक्त कार्यलाई दिनु पर्नेमा उनको तर्क भट्टको छ ।
पालिकाको वडा. ५ वटै वडाका अधिकान्स वस्तीमा नागरिकहरु अझै सोलार टुक्कीको उज्यालोमा बस्न बाध्य छन, भने वडा.न १ को चुडी गाउँमा रुडुक काठमाण्डौंको पहलमा हाईड्रो पावर संचालन भई बिधुत बिस्तार भएको छ ।
