परशुरामका मेयर (जोशी) का १०० दिनका उपलब्धी के के ?

पदम जोरा,डडेल्धुरा

सुदूरपश्चिम प्रदेशका ‘कान्छा मेयर’ भरत बडायर जोशीले आफु परशुरामको मेयरमा निर्वाचित भएपछिका १ सय दिनका उपलब्धी सार्वजनिक गरेकाछन ।
सामाजिक सञ्जाल र गाउँघरन्यूज अनलाईन मार्फत जोशीले १०० दिने  उपलब्धी सार्वजनिक गरेका हुन ।
के के छन  उपलब्धी ?
१) गर्भवती महिलालाई निःशुल्क एम्बुलेन्स सेवा ।
२) ‘बर्निङ इन्जुरी’का लागि स्वास्थ्य शिविर सञ्चालन गर्न सम्झौता ।
३) निःशुल्क आँखा स्वास्थ्य शिविरका लागि डा. सन्दुक रुइतको टिमसँग सम्झौता ।
४) ज्येष्ठ नागरिकको उपचार सहजताका लागि जोगबुडा अस्पतालमा छुट्टै ज्येष्ठ नागरिक डेस्कको स्थापना ।
५) नगरपालिकाका विधुत बिस्तार नभएका बस्ती र समुदायमा विद्युत विस्तार ।
६) जोगबुडा अस्पताललाई ५० बेडमा स्तरोन्नतिका लागि पहल भएर थप भौतिक संरचना निर्माणका लागि टेन्डर प्रक्रिया अगाडि बढाइएको विवरण सार्वजनिक ।
७) शिक्षाको गुणस्तरमा सुधारका लागि पहल ।
८) नगरपालिकाका सबै संस्थागत र सामुदायिक विद्यालयहरूमा ई–हाजिरी स्ुरु गरिने ।
९) आधारभूत र प्राथमिक विद्यालयमा इन्टरनेट जडानको सुरुवात ।
१०) सामुदायिक विद्यालयका प्रधानाध्यापकसँग ४७ बुँदे करार सम्झौता ।
११) परशुराम नगरपालिकामा नापी र मालपोत कार्यालयको स्थापना ।
१२) योग केन्द्र स्थापनाका लागि सहरी विकास कोषसँग सम्झौता ।
१३) सौर्य बत्तीहरूको मर्मत सम्भार भएको उनको प्रगति विवरणमा उल्लेख छ ।
१४) महाकाली करिडोर अन्तर्गत करालीदेखि कुडा सम्मको सडक कालोपत्रेका लागि टेन्डर आह्वान ।
१५) वडा नम्बर १, २, ३, ५ र १२ मा टेलिफोन टावर स्थापनाका लागि पहल ।
१६) ‘इनोभेससेन्टर’ स्थापनाका लागि राष्ट्रिय आविष्कार केन्द्रसँग सम्झौता गरिएको मेयर जोशीको सय दिन उपलब्धी विषयक शिर्षकमा उल्लेख गरेकाछन । नेपाली काँग्रेस परशुरामका सभापती समेत रहेका भरत बडायर जोशी बैसाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा ५ हजार ९४१ मत प्राप्त गरि परशुरामको मेयरमा विजयी भएका हुन्।
निकटतम प्रतिद्वन्दी नेपाल कम्युनिष्ठ पार्टी माओवादी (केन्द्र) परशुरामका अध्यक्ष शेरसिंह माल डायमण्डले ५ हजार ८०५ मत प्राप्त गरेका थिए ।
जोशीले आफ्नो निकटतम प्रतिस्पर्दी शेरसिह माललाई १३६ मतले पछि पार्दै परशुरामको मेयरमा विजयी भएका हुन ।

bb

Leave A Reply

Your email address will not be published.