परशुरामको मेयर र उप–मेयरका निर्वाचित १०० दिन

पदम जोरा,डडेल्धुरा

डडेल्धुराको परशुराम नगरपालिकाका मेयर र उप–मेयरले आफुहरु निर्वाचित भएको १०० दिन उपलब्धीमुलक रहेको वताएका छन ।
गाउँघरन्यूज संगको कुराकानीमा मेयर भरत वडायर जोशी र उप–मेयर बिमला बोहरा (महता) ले यस्तो वताएका हुन ।
२०७९ बैसाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनवाट आफुहरुलाई जनताले अनमोदित गरि जिम्मेवारीमा पठाएकोले सोही अनुसार आफुहरु जनमुखी काममा जुटेको उहाँहरुको भनाई छ ।
मेयर र उप–मेयर हामी दुवै जना फरक–फरक पार्टीवाट निर्वाचित भएर आएपनि अव हामी सम्पुर्ण परशुरामका जनता÷नागरिकका सेवक भएको मेयर भरत वडायर (जोशी) को भनाई छ ।
उप–मेयर साप, वडा अध्यक्ष, सदस्यहरु बैसाख ३० को ५ वजे सम्म दल÷पार्टीको जिम्मेवारीमा थिए अव उहाँहरु परशुरामका जनताको सेवक हुन मेयर जोशीको तर्क छ ।
सेवा दिने भनेको कर्मचारी र प्रशासनले हो , हामी लाई त जनताले सेवाहरु पारदर्षि, गुणस्तरीय, मितव्ययी पक्षपात रहित भए नभएको निगरानीका लागि साक्षिका रुपमा पठाएको उनले वताए ।
हामी सबैको मन र उदेश्य सुद्व हुनु पर्छ, हामी सबैले जनताको सेवक बन्नु पर्नेमा उपमेयर बिमला बोहराको तर्क छ ।
परशुराम नगर कार्यपालिकाले पुर्णता पाई देश र जनताको नाममा सफत लिएर हामी जनातको सेवामा छौं उनले वताईन ।
परशुराम नगरपालिका वडा.न ६ का वडा अध्यक्ष खगेन्द्र बहादुर सिंह वाहेक सबै जना नयाँ छौं ।
सरकार संचालन ऐन २०७४ अनुसार जनताको सेवामा छौं, मेयर साप र मेरो कार्यक्षेत्र अधिकार फरक–फरक छ ।
धेरै समय सिकाईमा वितेको सुनाउदै उनले भनिन्’ मेरो नेतृत्वमा योजना अनुगमन साखा र समिति छ, न्यायिक समिति र साखा छ ।
१०० दिन भित्रको उपलब्धीमा हामीले आर्थिक वर्ष २०७९÷०८० को नगर–सभा सम्पन्न गरेकाछौं । विषयगत समिति र उपसमिति चयन गरीएका छन ।
मेयर साप योजना बिकास निर्र्माण मागका लागि मन्त्रालय र विभाग , प्रदेस जिल्ला धाई रहनु भएको छ भने योजना र न्यायिक क्षेत्रमा मेरो १०० दिन वितेको उनले वताईन ।
परशुराम नगरपालिका विकट र ठूलो भुगोल ओगटेको नगरपालिका हो ।
दुरदराजमा बस्ती समुदायको वसोवास छ , सबै क्षेत्रका जनभावना, दुःख, पिडा, समस्या आसा र अपेक्षा समेट्न सकेका छैनौं हामी सबै पवित्र मनले पहल गरि रहेका छौं मेयर जोशीले भनाई छ ।
आर्थिक वर्ष २०७९÷०८० को निति तथा कार्यक्रम र वजेट नगरसभा वाट पारित गरि सोही अनुसार प्राथमिकताका आधारमा शिक्षा, स्वास्थ्य, संचार, सडक, यातायात, बिकास निर्माण योजना र लक्षित कार्यक्रम अगाडी बढ्ने उनले जानकारी दिए ।
जनताले जोगबुडावाट जग्गाधनिपुर्जा पाउने भएकाछन, नापि र मालपोत कार्यालय स्थापनाका लागि निर्वतमान मेयर सापको नेतृत्वको कार्यलाई निरन्तरता दिइएको छ ।
बिधुत विस्तारका लागि दुरदराजमा पोल विस्तार भएकाछन भने, अझै ठेक्का प्रकृया अगाडी वढेको उनले वताए ।
हाम्रो नगरपालिकाको मुख्य समस्याका रुपमा रहेको वेरोजगारी रहेकाले सोका लागि सिपमुलक तथा उत्पादनमुखी कार्यक्रम नगरपालिका संग रहेको उनले वताए ।
१२ वटै वडाका दुर दराजमा ५ वर्ष भित्र संचार, यातायात, सडक, शिक्षा स्वास्थय सेवा प्रभावकारी वनाउन आफुहरु मन वचनले लागि परेको उनले वताए ।
नेपाली काँग्रेस परशुरामका सभापती समेत रहेका भरत बडायर जोशी बैसाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा ५ हजार ९४१ मत प्राप्त गरि परशुरामको मेयरमा विजयी भएका हुन्।
निकटतम प्रतिद्वन्दी नेपाल कम्युनिष्ठ पार्टी माओवादी (केन्द्र) परशुरामका अध्यक्ष शेरसिंह माल डायमण्डले ५ हजार ८०५ मत प्राप्त गरेका थिए ।
जोशीले आफ्नो निकटतम प्रतिस्पर्दी शेरसिह माललाई १३६ मतले पछि पार्दै परशुरामको मेयरमा विजयी भएका हुन ।
त्यसै गरि परशुरामको उप–मेयरमा माओवादी केद्र वाट बिमला वोहरा (महता) विजयी भइकी थिईन ।
महताले ५ हजार ८८५ मत प्राप्त गरेकोमा उहाँकी निकटतम प्रतिद्वन्दी कलावती देबी बोहराले ४ हजार ५९३ मत प्राप्त गरेकी थिईन ।

bb

Leave A Reply

Your email address will not be published.