आलिताल २ का वडाअध्यक्ष ‘प्रमोद मल्ल”का निर्वाचित १ सय दिन

पदम जोरा,डडेल्धुरा

डडेल्धुरा जिल्लाको आलिताल गाउँपालिका वडा.न २ का वडा अध्यक्ष प्रमोद मल्ल २०७९ बैसाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचन वाट निर्वाचीत भएका हुन ।
स्नातकतह उतिर्ण बिभिन्न गैरसरकारी संघ संस्था र सामाजिक क्षेत्रमा कृयाशिल मल्लले नेपाली काँग्रेस पार्टीवाट टिकट पाएका थिए ।
पार्टीले टिकट दिए पश्चात आफ्नो जनमुखी घोषणा र पार्टीको प्रतिवद्वता सहित ऊनी चुनावी मैदानमा होमिएका थिए ।
अनुभव र लगनशिलताका खातिर उनी आलिताल गाउँपालिका वडा.न २ को अध्यक्षमा विजयी भए ।
वडा अध्यक्षमा विजयी युवा, जेष्ठनागरिक, महिला तथा वालवालिका सबैका पृय मल्लले सबैका मागहरु सम्वोधन लाई तिब्रता दिएका छन ।
आफ्नो चुनावी घोषणा–पत्र अक्षरसह पालना गर्दै वडामा जनमुखी काम गरि रहेको उनले गाउँघरन्यूज लाई जानकारी दिए ।
वडा.न २ को शान्ती सुरक्षा अमनचयनका लागि मदिरा निशेधित क्षेत्र, क्यारेम खेल्न वन्द गरिएको उनले वताए ।
वडा न. १ र २ मा लामो समय देखी टेलिफोन समस्या रहेकोमा माथिल्लो निकाय संग पहल गरि टेलिफोन सेवा सहज रुपमा सुचारु भएको मल्लले वताए ।
वडा.न २ का दुर्गम वस्तीमा बिधुत विस्तारका लागि डडेल्धुरा वितरण केन्द्र र क्षेत्रीय प्रशारण केन्द्रमा पहल भइरहेकाले छिट्टै वडामा विधुत विस्तार लाई तिब्रता दिईने मल्लको भनाई छ ।
निर्वाचित भएका १ सय दिनका उपलब्धी सुनाउदै ऊनले भने यस क्षेत्रको उणिकोट माद्यमिक विद्यालयमा ११,१२ कक्षा संचालन अनुमति लिई पठन–पाठन सुरु गरिएको छ ।
प्रशुति सेवा र आकस्मीक स्वास्थ्य सेवाका लागि पहल भएको छ, एम्बुलेन्स सेवालाई छिटो र छरितो वनाईएको छ ।
वर्षादमा अवरुद्व हुने ग्रामिण सडकखण्ड सुचारुका लागि स्थानीय मजदुर र पालिकाको स्काईभेटरलाई प्रयोग गरि सडकसेवा प्रभावकारी दिइएको छ ।
वडा.न २ का सामाजिक सुरक्षा भत्ता प्राप्त नागरिकलाई गोदाम गई भत्ता बुझ्नु पर्ने समस्यालाई हटाई वडा वाटै भत्ता वितरण लगतै सुरु गरिन्छ ।
वडावाट हुने हरेक विकास ,निर्माण पञ्जीकरण सेवा प्रभावकारी, वनाउन पहल भई रहेको छ , वडा.न २ को एक आर्थिक वर्षमा २ पटक सार्वजनिक सुनुवाई कार्यक्रम गरि नागरिक माझ पारदार्शि र गुणस्तरीय सेवा दिने मेरो दृढसंकल्प छ उनले वताए ।
वडा, गाउँपालिका र प्रदेशवाट विनियोजित जेष्ठनागरिक, महिला, वालवालिका लक्षित वजेट पारदर्शि रुपमा उहाँहरुको मागमा आधारित भई लक्षित वर्ग सम्म पु¥याउन पहल गरिने उनले वताएका छन ।

bb

Leave A Reply

Your email address will not be published.