पदम जोरा,डडेल्धुरा
डडेल्धुरा उद्योग वाणिज्य संघको अध्यक्षमा द्विजराज भट्ट विजयी भएका छन । नयाँ कार्यकारणी समिति चयनका लागि शनिवार भएको निर्वाचनमा ५७७ मतका साथ भट्ट विजयी भएका हुन ।
उहाँका निकटतम प्रतिस्पर्दी भोजराज भट्टले ४८२ मत प्राप्त गरेका छन । संघमा १ हजार २९४ सदस्य रहेकोमा १ हजार ८८ मत खसेको निर्वाचन समितिले जनाएको छ । निर्वाचन समिति संयोजक युवराज जोशीका अनुसार शनिवार राति १० बजेदेखि मतगणना सुरु भएको थियो आईतवार बिहान ११ : ३० बजे मतगणना सकिएको जोशीले गाउँघरन्यूज लाई जानकारी दिए ।
वरिष्ठ उपाध्यक्षमा दिपक वहादुर महता, वाणिज्य उपाध्यक्षमा खेमराज अवस्थी , महा–सचिवमा, विष्णुराज जोशी, सचिव महिलामा मिना फुलारा विजयी भएका छन ।
सदस्यहरुमा हरि प्रशाद उप्रती, टेकराज ओझा, धन बहादुर ठकुराठी, मोहन देउवा, धर्मदेब पाण्डेय, लोकराज पाण्डेय, सिताराम पाण्डेय विजयी भएका छन । सात सदस्य पदका लागि ९ जनाले उम्मेदवारी दिएका थिए ।
उद्योग वाणिज्य संघको विधानमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, वाणिज्य उपाध्यक्ष, उद्योग उपाध्यक्ष, महा–सचिव, वाणिज्य सचिव, उद्योग सचिव, सचिव महिला, कोषाध्यक्ष, खुल्ला सदस्य १०, महिला सदस्य दुई र दलित, जनजाती, अपाङ्ग सदस्य दुई र वस्तुगत उपाध्यक्ष गरी २५ जनाको कार्यकारणी समिति रहने व्यवस्था छ ।
