पदम जोरा,डडेल्धुरा
नेपाली काँग्रेस पार्टी नेपाली जनताको पहरेदार भएको काँग्रेस डडेल्धुराका सभापती भीम बहादुर साउँद वताउनु भएको छ ।
१०९औं बीपी जयन्तीको अवसरमा नेपाली काँग्रेस क्षेत्रीय कार्य समिति ‘क’ ले आलिताल गाउँपालिकाको सभाहलमा आयोजना गरेको जनताको साथमा काँग्रेस अभियानको पहिलो चरण समापन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
नेपाली काँग्रेस पार्टीको राजनैतिक ईतिहास पल्टाएर हेर्ने हो, भने अहिले सम्मको बिकास, समृद्वि सुशासन र देशको हरेक साकारात्मक परिर्वतन नेपाली काँग्रेस पार्टीको अगुवाईमा भएको छ ।
जहानिय राणाशासन देखी राजतन्त्रको अन्त गरि द्वन्दवाट नेपाल र नेपाली लाई नेपाली शान्ती सुरक्षा अमनचयन, दिई नेपाली काँग्रेसले जनतको पहरेदारको भुमीका खेलेको उनले वताए ।
नेपाली काँग्रेस प्रदेससभा क्षेत्र (क) का सभापति कैलाश कुमार पाण्डेयको सभापतित्वमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको प्रमुख अतिथिमा काँग्रेस डडेल्धुराका सभापती भीम बहादुर साउँद रहनु भएको थियो ।
त्यसै गरि बिशिष्ठ अतिथिमा , महाधिबेसन प्रतिनिधी जनकराज कलौनी, संबिधानसभा सदस्य नरभान कामी, माहाधिबेसन प्रतिनिधी, वल बहादुर गुरुङ्ग, जिल्ला सचिव हेमराज चटौत, नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेस सदस्य धर्मानन्द भट्ट रहनु भएको थियो । आलिताल गाउँपालिका, परशुराम नगरपालिका र भागेश्वर गाउँपालिकाका काँग्रेसजन तथा वडा,प्रदेश,जिल्लातहका नेता कार्यकर्ताहरुको उपस्थिीतीमा कार्यक्रम सम्पन्न भएको हो ।
हाम्रो पार्टी काम गर्छ प्रचार कम गर्छ उनले थपे अहिले जनताको साथमा काँग्रेस नारा पनि समय सापेक्ष सार्थक रोजीएको छ ।
यो नारा वोकी हामी भाद्र १४ गते देखी पहिलो चरण अन्तरगत जिल्लाका ५२ वटै वडा र ७ वटै पालिकामा पुगेका छौं ।
जनतावाट साकारात्मक भावना पायौं सोही अनुसार अगाडी बढ्छौं जनताको भावना अनुसार चुनावमा जाने समेत उनले धारणा राखे ।
संघमा केन्द्रीय सभापति शेर वहादुर देउवा ज्यू चुनाव लड्नु हुन्छ, प्रदेश (क) मा मलाई पार्टीका साथिहरुले अगाडी सार्नु भएको छ । भने प्रदेस (ख) मा पार्टीका नेता सूदुरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री गोबिन्दराज वोहरा अगाडी लाई पार्टीले अगाडी सारेको छ ।
आम काँग्रेस जनहरुको माया विश्वासले हामीहरुलाई चुनावी मैदानमा जान हौसला मिलेको छ , गठबन्धनको केन्द्रमा अझै वैठक जारी छ ।
जनतावाट बैसाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनको नतिजा र जनलहरको आधारमा गठबन्धन नगर्ने दवाव आई रहेको छ ।
केन्द्रको निणर्य अझै कुर्दै ५ दलिय गठबन्धनलाई असर नपर्ने गरि हामी मित्रवत प्रतिस्पर्दामा जान तयार छौं ।
यो मेरो व्यक्तिगत निर्णय र भनाई होईन डडेल्धुरा जिल्लाका करिब ५ काँग्रेस कृयाशिल सदस्यहरुको धारणा हो ।
पार्टीको जिल्ला र क्षेत्रीय कार्यसमिति बैठकले उमेदवारको नाम सिफारिस गरि सकेको छ ।
समानुपतिकमा धेरै साथीहरुको नाम सिरफारिस गरि माथिल्लो कमीटीमा पठाइएको छ ।
हाम्रो पार्टीमा सबै कोही भन्दा कोही कम छैनन सबैलाई न्याय हुन्छ ।
