परशुरामका मेयर जोशी र  प्र.अ.विच ४७ बुदे करार सम्झौता 

पदम जोरा,डडेल्धुरा

डडेल्धुराको परशुराम नगरपालिकाका मेयर भरत वडार (जोशी) शिक्षासाखा अधिकृत लक्ष्मी विष्ट र सामुदायिक विद्यालयका प्रधानाध्यपकहरुका विच त्रिपक्षिय ४७ बुदे करार सम्झौता भएको छ ।
परशुराम नगरपालिकाको शैक्षिक सुधारका लागि निर्वतमान मेयर भीम बहादुर साउँदको कार्यकाल देखी हुदै आएको करार सम्झौता यस पटक पनि गरिएको साखाले जनाएको छ ।
नगरपालिकाको शैक्षिक र प्रशासनिक सुधार लगायत प्रधानाध्यपाकहरुलाई बढि भन्दा बढि जिम्मेवारवोध वनाउन ४७ बुदे करार सम्झौता गरिएको साखा प्रमुख लक्ष्मी विष्टले वताईन ।
बिहिवार मेयर भरत वडायर जोशी, शिक्षा अधिकृत लक्ष्मी बिष्ट र सम्पुर्ण सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुले उक्त ४७ बुदे करार सम्झौतामा हस्ताक्षर गरेका हुन ।
५६ औं अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा उक्त ४७ बुदे करार सम्झौता गरिएको साखा प्रमुख विष्टको भनाई छ ।
त्रिपक्षिय करार सम्झौता भनीएको भए पनि उक्त करार सम्झौतामा एक पक्षिय निर्देशन जस्तै पाइएको छ ।
त्रिपक्षिय सम्झौता हो भने , क्रमः प्रथम, द्वितिय र तृतिय पक्षको जिम्मेवारी स्पष्ट उल्लेख हुनु पर्नेमा प्रधानाध्यपक हरुले गर्नु पर्ने जिम्मेवारीलाई मात्रै ४७ बुदामा उल्लेख गरिएको छ ।
करार सम्झौता भनीएको उक्त ४७ बुदे पत्र प्रति अधिकान्स बौद्विक जगत वाट प्रश्न उठेको छ ।
प्रअले गर्नु पर्ने काम र जिम्मेवारी मात्रै उल्लेख भएकाले सिधै निर्देशन लेखीनु पर्नेमा अधिकांस प्रधानाध्यापकहरुको तर्क छ ।
यो ४७ बुदे करार सम्झौता भनीएको पत्रमा उल्लेख बढि भन्दा बढि जिम्मेवारी हामी विगत र अहिले पनि गरि रहेका छौं , यो हाम्रो जिम्मेवारी हो, नाम नखुलाउने सर्तमा एक जना प्रअले भने ।
हामीले शिक्षण पेषामा प्रवेस गर्दा खाएको सफत आचारसंहिता जस्तै यो पत्रमा उल्लेख छन ।
प्रथम र द्वितिय पक्षले गर्नु पर्ने जिम्मेवारी यो पत्रमा उल्लेख नहुन्ु हास्यास्पद भएको उनले वताए ।
करार सम्झौता भन्दा केही नौलो नयाँ होला कि भनेको कुनै अन्य पालिकाको हुबहु उतार गरि दिईएको जस्तो मेरो अनुभव छ उनले थपे ।

bb

Leave A Reply

Your email address will not be published.