परशुराम नगरपालिका वाट २ जना विद्यार्थी पुरुस्कृत

पदम जोरा,डडेल्धुरा

डडेल्धुराको परशुराम नगरपालिकाले २०७८ सालको एसईई परिक्षामा उत्कृष्ठ जिपिए ल्याउने २ जना विद्यार्थीलाई नगद, प्रमाण–पत्र सहित पुरुस्कृत गरेको छ ।
पुरुस्कृत हुनेमा परशुराम नगरपालिका वडा.न ११ को बैजनाथ माद्यमिक विद्यालय कक्षा ११ मा भर्ना भएकी छात्रा दिपा भट्ट र सिताराम माद्यमिक बिद्यालय परशुराम १० कुरमुल्लेका रवि बिक रहेका छन ।
उहाँहरु दुवै जनालाई पशुराम नगरपालिकाले नगद २५ हजार पुरुस्कार सहित प्रमाण–पत्र द्वारा सम्मान गरेको हो ।
५६ औं अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा आयोजित एक कार्यक्रमका विच उहाँहरु दुवै जनालाई सम्मान गरिएको नगरपालिका शिक्षा साखा अधिकृत लक्ष्मी बिष्टले गाउँघरन्यूज लाई वताईन ।
परशुराम नगरपालिकाका नगर–प्रमुख भरत वडायर जोशीले उहाँहरुलाई नगद २५ हजार सहित प्रमाण–पत्र प्रदान गर्नु भएको हो ।
बैजनाथ माद्यमिक विद्यालय परशुराम नगरपालिका वडा.न ११ सलेताकी छात्रा दिपा भट्टले २०७८ सालको एसईई परिक्षामा ३.२५ जिपिए र सिताराम माद्यमिक बिद्यालय परशुराम १० कुर्मुल्लेका छात्र रबि.बिकले ३.२० जिपिए ल्यााएका थिए ।
उहाँहरु दुवै जनाले परशुराम नगरपालिकाको उत्कृष्ठ जिपिए ल्याउने विद्यार्थीको रुपमा आफुहरु लाई उभ्याएका छन ।
खुसीले भावुक भएका उहाँहरु दुवै जनाले अभिवाबक र गुरुहरुको निर्देशनमा समय तालिका अनुसार अध्ययन, खेलकुद आमा बुवालाई घरायसी काममा सघाउन जुट्ने गरेको वताएका छन ।
आज आफुहरु लाई यस उचाईमा पुगाउने महत्वपुर्ण भुमीका घर परिवारका अभिवाबक,आमा, वुवा र श्रदेय गुरुहरु रहेको रहेको धारणा व्यत्त गरे ।
उहाँहरुलाई सम्मान गर्दै परशुराम नगरपालिकाका नगर–प्रमुख भरत वडायर (जोशी) ले दुवै जनाको उज्वल भविश्यको कामना गर्नु भएको हो ।
नगरकार्यपालिकाको आर्थिक वर्ष २०७९/०८० को निति तथा कार्यक्रममा उत्कृष्ठ जेहेन्दार र अनाथ ,टुहुरा छात्र/छात्रालाई निःसुल्क उच्च शिक्षाको व्यवस्थापन गर्ने निर्णय गरेको छ ।
उक्त प्रकृया छिट्टै अगाडी वढाईने समेत नगर–प्रमुख जोशीले वताए ।
यस्तै नगरपालिकाको शैक्षिक सुधारका लागि सबै क्षेत्र दत्तचित्त भएर लाग्नु पर्ने धारणा उनको रहेको थियो ।

bb

Leave A Reply

Your email address will not be published.