व्यवसायीको हकहितका लागि मेरो उम्मेदवारी : द्विजराज भट्ट

पदम जोरा,डडेल्धुरा

०६६ सालमा डडेल्धुरा उद्योग वाणिज्य संघको साधारण सदस्य भएका द्विजराज भट्ट यस पटक अध्यक्ष पदका उम्मेदवार छन्।
संघको १२ औं कार्यकारणी समिति चयन गर्न भदौं २५ गते हुने निर्वाचनका लागि भट्ट ले अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन् ।
०६७ सालमा संघको साधारण सदस्य भएका हुदै ०६९ सालमा सचिव, ०७२ सालमा महा–सचिव र ०७५ सालमा भएको डडेल्धुरा उद्योग वाणिज्य संघको निर्वाचनमा प्रथम उपाध्यक्षमा सर्वसम्वत चयन भएका थिए ।
यस पटक अध्यक्षमा विजयी हुनेमा ढुक्क रहेको बताउँदै भट्ट भन्छन्, ‘झण्डै डेढ दशक सम्म डडेल्धुराका व्यवसायीसथीहरुको हकहितमा काम गरि रहेको छु ।
समस्या पर्दा साथ र सहयोग पनि गरेको छु । यस पटक अध्यक्षमा मेरो भन्दा पनि आम व्यवसायी साथिहरुको उम्मेदवारी हो । विगतमा जस्तै माया गरेर अमूल्य मत दिएर जिताउनु हुनेमा विश्वस्त छु भट्टले भने ’

अध्यक्षमा निर्वाचित भए डडेल्धुराका व्यवसायीको हकहितका लागि काम गर्ने छु । ‘आर्थिक, पर्यटन र पूर्वाधार विकास गर्ने मेरो पहिलो लक्ष्य छ ,’ अध्यक्षका उम्मेदवार द्विजराज भट्टले गाउँघरन्यूज संग कुरा गर्दै भने, ‘कृषि, पर्यटन, उद्योग लगायतका व्यवसायको प्रर्वद्धनसंगै व्यवसायीका समस्या समाधान तथा व्यवसायमा देखिएको अस्वस्थ प्रतिस्पर्धा अन्त्य गर्ने मं संग योजना छन् ।
व्यवसायीको सहजताका लागि दोहोरो कर प्रणालीलाई अन्त्य गर्नेछु । प्रहरी, प्रशासन र बित्तीय संस्थासंग मैत्रिपूर्ण वातावरणका लागि पहल गर्नेछु।’
स्थानीय कला, संस्कृतिको जगेर्ना गर्न, स्थानीय उत्पादनलाई प्रवद्र्धन गरी बजारीकरण गनेछु, सबैको साथ पाए डडेल्धुराको पर्यटन विकास गर्नका लागि मेला महोत्सवको आयोजना गर्नेछु ।
डडेल्धुरा उद्योग वाणिज्य संघको सभाहल र डडेल्धुरामा व्यवसायीक मल (सपिङ कम्प्लेक्स) स्थापना गर्ने योजना पनि म सित रहेको छ अध्यक्ष उम्मेदवार भट्टले वताए ।
‘मैले अध्यक्षमा जित हात पारे, डडेल्धुराका ‘स्थानीय उत्पादन प्रवद्र्धनका साथै र निर्यात बढाउन प्रयास गर्ने मेरो लक्ष्य छ।’

bb

Leave A Reply

Your email address will not be published.