पदम जोरा,डडेल्धुरा
माओवादी केन्द्र परशुरामले यही भाद्र २० गते बिहान १० वजे कटालमा नगर बैठक आह्वान गरेको छ ।
आसन्न मंसिर ४ गते सम्पन्न हुने प्रदेस र प्रतिनिधीसभा निर्वाचनका लागि उमेदवार सिफारिसका विषयमा छलफल गर्न वैठक डाकेको नगर–अध्यक्ष शेर सिंह माल (डायमण्ड)ले जानकारी दिए ।
नेपाली काँग्रेसले उमेदवार सिफारिस गरी पठाई सकेकाले माओवादीले पनि बैठक डाकेको अध्यक्ष शेर सिंह माल(डायमण्ड) ले जानकारी दिए ।
उक्त कैठकमा नगर कमिटि सचिबालय सदस्य, प्रदेस कमिटि सदस्य, जिल्ला समन्वय समिति सदस्य, पार्टिका वार्ड कमिटि अध्यक्ष तथा पदाधीकारी, पार्टिवाट निर्वाचित जनप्रतिनिधिलाई डाकीएको उनले जानकारी दिए ।
५ दलिय गठबन्दनका घटक दल माओवादी केन्द्रले डडेल्धुरावाट प्रतिनिधीसभा सदस्यका लागि प्रतक्षमा उमेदवार नदिने निर्णय यस अघि गरि सकेको छ ।
गठबन्धनको पक्षमा रहेको माओवादी केन्द्र संघमा काँग्रेस केन्द्रीय सभापती तथा प्रधानमन्त्री शेर वहादुर देउवा विरुद्व उमेदवारी नदिने पक्षमा देखीएको छि ।
डडेल्धुरको २ वटा प्रदेशमध्ये प्रदेश क्षेत्र (क) र (ख) मा प्रतक्ष उमेदवार आफुले पाउनु पर्नेमा माओवादीको अडान रहि आएको छ ।
प्रदेसक्षेत्र (क) मा आलिताल, भागेश्वर र परशुराम संगै अजयमेरु गाउँपालिका २ वडा सम्मेलीत छन ।
परशुराम र आलितालमा माओवादी केन्द्रले आफु बहुमतमा रहेको दावि गर्दै प्रदेस क्षेत्र (क) आफ्नो पार्टीले पाउनु पर्ने दावि गरेको छ ।
नेपाली काँग्रेस पार्टीले प्रदेस क्षेत्र (क) वाट काँग्रेस डडेल्धुराका सभापती तथा परशुराम नगरपालिकाका निर्वतमान मेयर भीम बहादुर साउँदलाई सिफारिस गरि केन्द्रमा नाम पठाएको छ ।
प्रदेशसभा क्षेत्र (क) को भागेश्वर गाउँपालिकामा नेपाली काँग्रेसको पुर्ण बहुमत रहेको छ भने, परशुराम नगरपालिका मेयर सहित ५ वडा काँग्रेसले जितेको छ । उप–प्रमुख सहित ७ वडा माओवादीले स्थानीय तहमा जितेको छ ।
उता आलिताल गाउँपालिकामा अध्यक्ष ,उपाध्यक्ष माओवादीले र ८ वडा एमाले, माओवादी, काँग्रेसका मिश्रीत छ ।
अजयमेरुका २ वडा मध्ये स्थानीयतह वडा न. ६ मा काँग्रेस बहुमतमा छ ,वडा ५ एमालेले हात परेको छ ।
