पदम जोरा,डडेल्धुरा
प्रधानमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सभापती शेर बहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा गठबन्धन विच मित्रवत प्रतिस्पर्दाको सम्भावना बढ्दो देखीएको छ ।
राष्ट्रिय रुपमा भएको गठबन्धनको स्वागत गर्दै मित्रवत प्रतिस्पर्दामा जानेमा काँग्रेस पुगेको छ ।
डडेल्धुराको बैसाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचन, जनमतको मूल्याङ्कन गर्दै मित्रवत प्रतिस्पर्दामा काँग्रेस पुगेको हो ।
गठबन्धन घटक दल एकिकृत समाजवादीले प्रतिनिधी र प्रदेशसभाका प्रतक्ष र समानुपातिक उमेद्वारको नाम सिफारिस गरी माथिल्लो तहमा पठाएको छ ।
डडेल्धुरामा गठवन्धनको पक्षमा एकिकृत समाजवादी पनि नदेखीदा मित्रवत प्रतिस्पर्दा मात्रै हुने सम्भावना बढेको हो ।
आफु अनकुल नभए एमाले वा बिपि काँग्रेस सित तालमेल गर्ने निर्णयमा एकिकृत समाजवादी देखीएपछि गठबन्धन हुने सम्भावना झन पेचीलो वनेको हो ।
त्यसै गरी शुक्रबार डडेल्धुरा सदरमुकाममा वसेको नेपाली काँग्रेस जिल्ला कार्य समिति बैठकले डडेल्धुरामा मित्रवत प्रतिस्पर्दाको निर्णय गरेको छ ।
डडेल्धुराका मतदाताले नेपाली काँग्रेस एक्लै चुनाव लडे डडेल्धुरामा जुनसुकै दल संग पनि चुनाव जित्न सक्ने दवावका विच पार्टी मित्रवत प्रतिस्पर्दाको निर्णयमा पुगेको काँग्रेस बृतका एक नेताले वताए ।
अहिले त उमेदवारको नाम लिष्ट मात्रै सिफारिस गरेर पठाएका छौं, संघमा चाहिँ देउवा ज्यू नै चुनाव लडनु हुन्छ , केन्द्रको निर्णय वाकि छ ,गठबन्धन नहुने नै भन्ने होईन जनता र मतदाताको भावना अनरुप र गठबन्धन नभत्कीने गरि अगाडी बढ्छौं काँग्रेस डडेल्धुरा सभापती भीम बहादुर साउँदको भनाई छ ।
नेपाली काँग्रेस डडेल्धुराले प्रधानमन्त्री तथा केन्द्रीय सभापति शेर बहादुर देउवा लाई प्रतिनिधी सभा सदस्य प्रतक्षमा सर्वसवत सिफारिस गरेको छ ।
आगामी मंसिर ४ मा हुने प्रतिनिधीसभा सदस्य प्रतक्ष उमेदवारमा देउवालाई सर्वसम्मत सिफारिस गरेका हो । डडेल्धुरा वाट समानुपातिकमा देउवा पत्नी डा.आरजु राणा देउवा, केन्द्रीय सदस्य नैन सिंह महर ,संविधानसभा सदस्य नरभान र महाधिबेसन प्रतिनिधी जनकराज कलौनीको नाम सिफारिस गरेको छ ।
देउवा २०४८ सालदेखि २०७४ सम्म हरेक निर्वाचन निरन्तर जित्दै आएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी माओवादी (केन्द्र) डडेल्धुराले भने उमेदवार सिफारिसको तयारी थालेको छ ।
प्रतिनिधीसभा सदस्यमा उमेदवारी नदिने निर्णयमा माओवादी पुगेको भए पनि डडेल्धुराका दुई प्रदेश मध्ये एक प्रदेश आफुले पाउनु पर्ने माओवादी केन्द्रको दावि रहेको छ ।
प्रदेससभा मागमा रहेको माओवादी केन्द्र वाट प्रतक्षतर्फ माओवादी केन्द्र सूदुरपश्चिम प्रदेश ईन्चार्ज खगराज भट्ट र प्रदेश उपाध्यक्ष मानसिंह माल क्रान्तीको नाम चर्चामा रहेको छ ।
नेपाली काँग्रेस सत्ता गठबन्धनको प्रमुख घटक दल हो । साउन १० मा काँग्रेस सहित सत्तारुढ पाँच दलीय गठबन्धनले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा गठबन्धन गरेरै अघि बढ्ने निर्णय गरेको थियो।
