पदम जोरा,डडेल्धुरा
डडेल्धुरामा प्रदेशसभा सदस्य प्रतक्ष तर्फ सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री गोविन्दराज बोहरा र काँग्रेस डडेल्धुराका सभापती भीम बहादुर सर्वसम्वत सिफारिस भएका छन ।
प्रदेससभा क्षेत्र (क) र (ख) को क्षेत्रीय कार्य समितिको बैठकले दुवै नेतालाई प्रदेससभा सदस्यको प्रतक्ष चुनावका लागि सर्बसम्वत उमेदवार सिफारिस गरेको हो ।
प्रदेस (क) को जोगबुडा र (ख) को डडेल्धुरा सदरमुकाममा वसेको दुई वटै क्षेत्रको क्षेत्रीय कार्य समिति बैठकले दुवै नेतालाई सर्बसम्वत सिफारिस गरेको क्षेत्र (क) का सभापती कैलाश कुमार पाण्डेयले गाउँघरन्यूज लाई जानकारी दिए ।
गाउँघरन्यूज संग कुरा गर्दै ३ दिन अगाडी मात्रै प्रदेशसभा क्षेत्र (ख) वाट चुनाव लडन तयार रहेको मन्त्री वोहराले वताएका थिए ।
त्यसै गरी प्रदेससभा क्षेत्र (क) मा चुनाव लड्न आफु तयार रहेको काँग्रेस डडेल्धुराका सभापती भीम बहादुर साउँदले सुनाएका हुन ।
डडेल्धुरा बासीले आफुहरुलाई उम्मेदवार बन्न आग्रह गरिरहेको दुबै नेताले बताउदै आएका थिए ।
