डडेल्धुरामा मैले जे देखे : ईश्वरी न्यौपाने 

पदम जोरा,डडेल्धुरा

नेपाली काँग्रेसकी केन्द्रीय सदस्य ईश्वरी न्यौपानेले काँग्रेस डडेल्धुरामा जित्ने आधार वलियो रहेको  वताउनु भएको छ ।
बैसाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनको नतिजा र प्रधानमन्त्री तथा केन्द्रीय सभापतिको गृह जिल्ला डडेल्धुरामा काँग्रेस गठबन्धन विना नै जित्ने अवस्थामा रहेको उनले दावी गर्नु भएको छ ।
म एक साता डडेल्धुराका जनतासित छु , मसिनो रुपमा मतदाताको भावना बुझ्छु, जे देख्छु केन्द्रीय समितिमा स्पष्ट रिर्पोट लैजान्छु उहाँले बताउनु भयो ।
भाद्र १० गते देखी नेपाली काँग्रेसले पहिलो चरणमा ‘जनताको साथमा काँग्रेस’ अभियान सुरु गरको छ उक्त अभियानका लागि केन्द्रीय समितिवाट न्यौपाने डडेल्धुरा खटिई आउनु भएको छ ।
सबैको चासोको रुपमा प्रधानान्त्री समेत रहेका केन्द्रीय सभापती शेर बहादुर देउवाको गृह जिल्ला डडेल्धुराको उमेदवारी र गठबन्धन लाई लिइएको छ ।
भाद्र १० गते काँग्रेस डडेल्धुराका सभापती भीम बहादुर साउँदको अध्यक्षता तथा केन्द्रीय सदस्य ईश्वरी न्यौपानेको प्रमुख आतिथ्यतामा ‘जनताको साथमा काँग्रेस’ अभियान डडेल्धुरामा पनि सुभारम्भ भएकोछ ।
‘जनताको साथमा काँग्रेस’ अभियान पहिलो चरणमा जिल्लाका ७ वटै पालिका र ५२ वटै वडामा संचालन हुने काँग्रेस डडेल्धुराका सभापती भीम बहादुर साउँदले जानकारी दिए ।
अभियानको दौरानमा डडेल्धुरा पुगेका केन्द्रीय सदस्य ईश्वरी न्यौपानेले मैले यहाँ जे देख्छु त्यही केन्द्रीय समितिमा लैजान्छु, जनताको भावना र मतको उचित सम्मान हुन्छ उनले वताईन ।
म बैसाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनका वेला पनि डडेल्धुरा खटिएकी थिए जे देखे त्यही रिर्पोट केन्द्रीय समितिमा बुझाए नतिजा साकारात्मक र छरलङ्ग छ ।
अहिले पनि काँग्रेस जनताको साथमा अभियान लिएर डडेल्धुरा पुगेकी छु ,स्थलगत स्पष्ट रिर्पोट लैजान्छु आकाक्षी र योग्य नेताहरुलाई न्याय मिल्ने उनले वताईन ।
म जनतामाझ मसिनो रुपमा बुझि रहेकी छु , शेर बहादुर देउवा र काँग्रेसको पक्षमा मतदाता मत दिन आतुर छन भने दुई वटै प्रदेशमा काँग्रेसका पक्षमा जनता देखीन्छन ।
डडेल्धुरामा स्थानीय तह निर्वाचनको भन्दा पनि बढि काँग्रेसको पक्षमा बुमतको मैले अकालन गरेकी छु ।
प्रधानमन्त्री तथा पार्टीका केन्द्रीय सभापती शेर बहादुर देउवा ज्यू लाई थाहा छ, देशैभर काँग्रेस एक्लै चुनाव लडे पनि बहुमतका साथ जित्छ फेरी पनि गठबन्धन पक्षमा काँग्रेस अडिक छ ।
काँग्रेस वोलीमा अडिक रहने पार्टी हो , म पनि त्यही पार्टीको कार्यकर्ता हु , झुटा र चिल्ला कुरा जान्दैनौं डडेल्धुराका जनता र मतदाताको भावना अनरुप काँग्रेस अगाडी बढ्नेमा ढुक्क रहन कार्यकर्ता लाई उनले आग्रह गर्नु भयो ।
जनताको रोजाई काँग्रेस हो, सबै जनतालाई पनि थाहा छ , तर सयुक्त गठबन्धन जोगाउनु पार्टीका लागि बाध्यात्मक परिस्थीती रहेको उनले वताईन ।
गठबन्धनको केन्द्रीय कार्यदलले भाद्र २० गते भित्र १६५ निर्वाचन क्षेत्रवाट लिखित जवाफ मागेको छ । त्यस पछि उमेदवारको टुङगो लाग्ने उहाँको भनाई छ ।
स्थानीय तहमा टिकट ढिलो वितरण भएका कारण पनि केही वडा र पालिका हार भएको डडेल्धुराका नेता कार्यकर्ताहरुको जिज्ञासामा उहाँले भन्नु भयो, यो पालि समयमै उमेदवार जनता माझ दिन्छौं जिताउने जिम्मेवारी तपाईको ।

जनतामाझ विगत,वर्तमान र अवको काँग्रेसको खाका लगेर मतदातामाझ जान कार्यकर्तालाई उहाँले आग्रह गर्नुभयो ।

bb

Leave A Reply

Your email address will not be published.