पदम जोरा,डडेल्धुरा,
परशुराम नगरपालिकाका मेयर भरत वडायर (जोशी) र उप–मेयर विमला कुमारी बोहराले मदिरा नियन्त्रण गर्न सके गाँउ वस्तीमा हुने लैङ्गीक हिंसा न्यूनीकरण हुने बताएका छन ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुरा र परशुराम नगरपालिकाको सयुक्त आयोजनामा बिहिवार परशुराम नगरपालिकामा भएको चेतनामुलक समुदाय प्रहरी अन्तरक्रिया कार्यक्रममा उँहा हरुले सो धारणा राखेका थिए ।
कार्यक्रममा बोल्दै नगर–प्रमुख जोशीले भने ‘हामी परशुराममा मदिरा नियन्त्रण गर्न प्रतिबद्व छौ, राजनैतिकदल र व्यवसायीहरु संग छलफल भई रहेको छ ।
ठूलो भुगोल र र्दुगम बस्ती छन, मदिराका कारण अपराधिक घटना बढि रहेको पाईएको छ, यस विषयमा आफुहरु निकै चिन्तीत रहेको उनले वताए ।
परशुराम नगरपालिकाकालाई अपराधिक घटना मुक्त नगर वनाउन हामी प्रतिबद्व छौं जोशीले थपे,
यहाँका नागरिकलाई सञ्चारका साधनको सदुपयोग, मदीरा बिक्रीवितरण र सेवन रोकथाम गर्न सक्नु हाम्रो उपलब्धी हुने तर्क उपमेयर विमला बोहराले राखिन ।
प्रहरी हाम्रो साथि कार्यक्रमलाई प्रभावकारी ढंगवाट र आम संचारकर्मीको खवरदारी र चेतनामुलक सन्देश प्रवाहवाट लैङ्गीक हिंसा न्यूनीकरण हुनेमा सबै सहभागिहरुको धारणा थियो ।
प्रहरीको सिमित जनशक्तिले मात्र अपराध नियन्त्रण गर्न नसक्ने भएकाले विनावर्दीका आम नागरिकहरुले प्रहरीलाई सघाउनु पर्ने धारणा डडेल्धुराका प्रहरी नायव उपरिक्षक मनोहर प्रशाद भट्टको थियो ।
कार्यक्रमको अन्तमा प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले अस्मीता धामीको हत्यारा पत्ता लगाउन प्रहरीले कुनै कसर वाकी नराख्ने समेत वताए ।
डडेल्धुराको ७ वटै पालिकाको गाउँ, बस्ती र टोल समुदायमा अपराधिक घटनाहरु, घट्न सक्ने र सोको रोकथाम तथा नियन्त्रणका लागि नेपाल प्रहरीले सचेतनामुलक कार्यक्रम र अन्तरक्रिया कार्यक्रम सुरु गरेको हो ।
परशुराम नगरपालिकावाट सुरु भएको उक्त अभियान जिल्लाका सबै स्थानीय तहमा सञ्चालन हुने जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
चाड, पर्व नजिकीदै जादा गाउँ वस्तीमा जुवातास, मदिरा, म्याद नागेका खाद्यसामग्री बिक्रि वितरण हुने, जनताको जिउ धनको सुरक्षाका प्रहरी सधै प्रतिबद्व छ ,प्रहरी नायव उपरिक्षक भट्ट भनाई थियो ।
