पदम जोरा,डडेल्धुरा
डडेल्धुराको भागेश्वर गाउँपालिका वडा.न १ र २ ले वडामा पुर्णरुपमा मदीरा वन्दको निर्णय गरेको छ ।
मदीराका कारण गाउँ, समुदाय र टोलवस्तीमा बिभिन्न खाले अपराधिक घटनाहरु घट्ने भन्दै भाद्र ८ गते बसेको वडाको बैठकले मदीरा पुर्ण रुपमा बन्द गर्ने निर्णय गरेको वडा.न २ का वडा अध्यक्ष उपेन्द्र जोरा गाउँघरन्यूज लाई जानकारी दिए ।
वडा.न १ ले पनि भाद्र ८ गते देखी नै पुर्णरुपमा मदीरा बन्द गरेको वडा.न १ वडा अध्यक्ष मणिकराज भट्टले वताए ।
वडा.न १ र २ को भाद्र ८ गते वसेका बैठकले दुई वटै वडामा मदिरा नियन्त्रण समिति समेत गठन गरेको छ ।
वडा.न २ को मदिरा नियन्त्रण समिति अध्यक्षमा लक्ष्मी देबी सार्की र वडा .न १ को मदीरा नियन्त्रण समिति अध्यक्षमा महेन्द्र ठकुराठी चुनीएका छन ।
उक्त दुई वटै समितिले वडामा लुकी छीपी,चोरी, छिनी हुने मदीरा बिक्री वितरण,ओसार पसार तथा सेवनलाई रोक लगाउने र कोही कसैेले सेवन , बिक्रि वितरण वा ओसार पसार गरेको पाईएमा कारवाहीका लागि पहल गर्नेछ ।
दुई वटै वडाले मदीरा नियन्त्रण तथा रोकथामका लागि आवश्यक मापदण्ड वनाई जरिवाना समेत तोकेको छ ।
पहिलो पटक कोही व्यक्ति मदीरा सेवन गरि होहल्ला ,गालि ,वेज्जती गरेको पाईएमा नगद १२५०,दोस्रो पटक १५००,कर्मचारीहरुको हकमा पहिलो पटक ३००० र दोस्रो पटक ४००० जरिवाना सहित कारवाही गरिने निर्णय रहेको छ ।
मदीरा बिक्री वितरण वा ओसार पसार गर्नेलाई पहिलो पटक ५०५० र दोस्रो पटक ८००० जरिवना सहित कारवाही गरिने निर्णय भएको वडा.न १र २ ले जनाएको छ ।
