पदम जोरा,डडेल्धुरा
डडेल्धुरामा नेपाली काँग्रेस (विपि) को संगठन विस्तार भई रहेको छ ।
डडेल्धुराको ७ वटै पालिकामा पालिका संयोजक÷सभापती÷प्रदेश र केन्द्रीय सदस्यहरु चयन गरि पार्टिीले भात्री संगठन बिस्तार लाई समेत तिब्रता दिएको छ ।
जिल्लाको परशुराम नगरपालिकाका सभापतीमा राज बहादुर भण्डारी चयन भएका संगै वडा.१२ को सभापतीमा गोरख वहादुर साउँद चयन भएकाछन ।
त्यसै गरी नेपाल विद्यार्थी संघ (विपि)को समेत परशुराममा संगठन बिस्तार भई सकेको छ ।
नेपाल विद्यार्थी संघ (विपि) परशुरामको संयोजकमा सन्तोस साउँद चयन भएको काँग्रेस (विपि) परशुरामका सभापति राज बहादुर भण्डारीले गाउँघरन्यूजलाई जानकारी दिएकाछन ।
छिट्टै अन्य भात्री संगठन पनि बिस्तार गरिने उनले जानकारी दिए ।
