कला, संस्कृति जगेर्नामा शिखर नगरपालिका प्रतिबद्व छ : सुनीता रावल

पदम जोरा,डडेल्धुरा

डोटीको शिखर नगरपालिका स्थानीय कला संस्कृतिको जगेर्नामा प्रतिबद्व रहेको नगर–प्र्रमुख सुनिता रावल (जोरा) ले वताईन ।
शुदूरपश्चिम प्रदेश धार्मीक, ऐतिहासिक र पुरात्वत्तिक सम्पदाको धनी प्रदेश हो । यहाँका सबै कला संस्कृति, भेषभुषा, चाडँपर्व, मेला जात्राको जर्गेना गर्नु हाम्रो दायित्व हो ।
यि यस्ता संस्कृति जर्गेना हामीले गर्न सकेनौ भने, भोलिको पुस्ताहरु सबै विर्सर्ने भएकाले यस्ता संस्कृति जोगाउनु पर्छ उप–प्रमुखले गाउँघरन्यूज लाई सुनाईन ।
भाद्र ३ गते नगरपालिका बिभिन्न मठ मन्दिरहरुमा आध्यातमीक रुपमा कृतन भजन सहित श्रीकृष्ण जन्माष्टमी मनाईएको छ ।
लगत्तै आधा आकाश ढाक्ने नारिहरुको महान पर्व हरितालिका तिज भाद्र १४ गते परेको छ ।
आफु उप–मेयरमा विजयी भएका पछि यस क्षेत्रका महिलाहरुका समस्या, पिडाहरु सम्बोधनमा जुटेको सुनाईन ।
लामो समयदेखी यहि समाजमा छु, रेडियो नेपालमा एक सञ्चारकर्म गरे, नारिका दुःख पिडा देखेकी छु, अझै हाम्रो तिर महिलालाई पिडा छ ।
हरितालिका तिज वषभरीको दुःख विसाउने चौतारी जस्तै नाचगान र रमाईलो भेटघामा मनाईन्छ ।
यस वर्ष शिखर नगरपालिकाका सबै वडाहरुमा तीज विशेष कार्यक्रम सञ्चालन हुने भएकाछन ।
नगरपालिकाको आयोजनामा ९ गते देखि १३ गते सम्म ११ वटै वडाहरूमा तीज विशेष शुभकामना आदानप्रदान कार्यक्रम सञ्चालन हुने छन ।
नगर महिला सञ्जाल र वडा महिला सञ्जालको अगुवाइमा कार्यक्रम आयोजना गरिने नगर उप – प्रमुख सुनिता रावल (जोरा) ले बताइन् ।
यसरी गरिने कार्यक्रमले महिला÷नारिहरुमा आपसी सम्बन्ध र सदभाव बढ्नुका साथै भेटघाट र सुखदुःख बाँडफाँड हुने उनले बताइन् ।
वर्षभरी घरायसी काममा व्यस्त महिलाहरु जम्मा भएर रमाइलो गर्नेछन्,’उप – प्रमुख रावल (जोरा) ले भनिन्,’ स्थानीय कला संस्कृतिको संरक्षण हुने , सुदूरको मौलिकता र संस्कृतिको जगेर्ना समेत उनले धारणा व्यक्त गरिन ।’

bb

Leave A Reply

Your email address will not be published.