वहुउद्देश्यिीय बिकास समाज द्वारा खोप सचेतना सुभारम्भ बैठक

पदम जोरा,डडेल्धुरा

डडेल्धुरा जिल्लामा समाज रुपान्तरणमा कृयाशिल बहुउद्देश्यिीय विकास समाज एम्पीडियस डडेल्धुराले कोभिड १९ खोपका लागि समुदाय परिचालन परियोजना सम्वन्धि पालिका स्तरीय परियोजना सुभारम्भ बैठक परशुरामको जोगबुडामा आयोजना गरेको छ ।
जिआईजेडको आर्थिक सहयोगमा बहुउद्देश्यिीय विकास समाज एम्पीडियस डडेल्धुराले डोटी र डडेल्धुरामा कोभिड १९ खोपका लागि समुदाय परिचालन परियोजना सुभारम्भ गर्ने भएको छ ।
बि.स.२०७६ देखी बिश्व महामारीको रुपमा देखा परेको कोरोना भाईरसको संक्रमण वाट नागरिकलाई जोगाउन परियोजना सुभारम्भ भई रहेको परियोजना संयोजक शिबराज पाठकले गाउँघरन्युज लाई जानकारी दिए ।
परशुराम नगरपालिकाका नगर–प्रमुख भरत वडायर जोशीको संयोजकत्वमा १२ वटै वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य र विषयगत साखाको सहभागितामा बैठक जोगबुडामा सम्पन्न भएको हो ।
नागकिरलाई खोपको पहुचमा ल्याउन समुदाय परिचालन कार्यक्रम संचालन हुने उनले जानकारी दिए ।
सोही विषयमा स्थानीय तहमा पालिका स्तरीय सुभारम्भ बैठक सुरु गछौं, छिट्टै कार्यक्रम सञ्चालन हुन्छ एम्पीडियस डडेल्धुराका कार्यकारी निर्देशक प्रेम बहादुर महरले वताए ।
अझै शुदूरका र्दुगम, गाउँ बस्तीका नागरिकहरु कोभिड १९ खोपको पहुच भन्दा वहिर रहेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कका रहेको छ ।
नागरिकलाई बढि भन्दा बढि कोरोनाको पहुचमा ल्याउने परियोजनाको मुख्य उदेश्य हो निर्देशक महरले थपे ।
स्वास्थ्य कार्यालय, डडेल्धुरा, सबै पालिकाका स्वास्थ्य साखाको समन्वयमा जिआईजेडको आर्थिक सहयोगमा नागरिकहरुको खोपमा पहुचमा पुगाईन्छ महरको भनाई छ ।
जिल्ला भरीका २७१ सामुदायिक महिला स्वास्थ्य स्वयसेविका मार्फत वडामा खोपको पहुचमा नरहेका नागरिकको खोजी गरि पहुचमा ल्याउने, आवश्यकता र सुचाङ्कका आधारमा स्वास्थ्य संस्थालाई उपकरण उपलब्ध गराउछौं ,
स्थानीय एफ.एम.रेडियो वाट सचेतनामुलक सन्देश, खोप सिबीर तथा मोवाईल क्याम्पका आधारमा नागरिकलाई खोपको पहुचमा पुगाउन सकिने उनले वताए ।
सुभारम्भ बैठकको समापनमा समारोहलाई सम्वोधन गर्दै परशुराम नगरपालिकाका नगर–प्रमुख भरत वडायर जोशीले एम्पीडियस डडेल्धुराको खोप सचेतना कार्यक्रम निकै प्रभावकारी छ, हरेक तह र तप्कावाट साथ सहयोग हुनु पर्ने बताए ।
जोशीले भने, एम्पीडियस, डडेल्धुराले विगत ३ दशक देखी शूदुरपश्चिम प्रदेशमा सामाजिक रुपान्तरणमा काम गरि स्थानीय सरकारलाई टेवा दिई रहेको छ ।
अहिले फेरी कोरोना संक्रमण नघटेको अवस्थामा खोपमा नागरिकको पहुच
बृद्वी गर्ने कार्यक्रम सुचारु गर्नु भएको नगरपालिका र मेरो व्यक्तिगत साथ रहने उनले वताए ।

bb

Leave A Reply

Your email address will not be published.