माओवादी केन्द्र परशुरामको नियमित बैठक सम्पन्न

पदम जोरा,डडेल्धुरा


नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र परशुरामको सातौं नियमित बैठक सम्पन्न भएको छ ।
माओवादी केन्द्र परशुरामका नगर अध्यक्ष शेर सिह माल (डायमण्ड) को अध्यक्षतामा बिभिन्न प्रस्ताव माथि छलफल गरि बैठक सम्पन्न भएको माओवादी केन्द्र परशुरामले जनाएको छ ।
आसन्न मंसिर ४ गते सम्पन्न हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचन लगायत पार्टीको सांगठनिक विषयमा छलफल गरिएको माअ‍ोवावदी केन्द्र परशुरामका अध्यक्ष शेर सिंह मालले गाउँघरन्यूज लाई जानकारी दिए ।
बैठकमा नगर कमिटि पदाधीकारी, जनवर्गिय संगठनका सदस्य तथा पदाधीकारी भात्री तथा सुभेच्छुक संगठनका प्रमुख तथा प्रतिनिधीहरुलाई डाकिएको उनले जानकारी दिए ।
बैठकमा आसन्न मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधीसभा सदस्य निर्वाचनमा गठबन्धनलाई मजबुद पार्ने, एक निर्वाचन क्षेत्र र २ प्रदेशसभा क्षेत्र रहेको डडेल्धुरामा गठबन्धन सहित प्रदेश र प्रतिनिधीसभा सदस्य निर्वाचनमा उमेद्वारहरुको चर्चा चलिरहेको अवस्थाको वारेमा छलफल गरिएको थियो ।
प्रतिनिधिसभा सदस्यमा प्रधानमन्त्री तथा काँग्रेस केन्द्रीय सभापति शेर बहादुर देउवा चुनाव लड्ने पक्का पक्की भए पछि माओवादी केन्द्रले उमेदवारी नदिने निर्णय गरि सकेको छ ।
प्रदेशसभा सदस्य पदमा नेपाली काँग्रेस, माओवादी केन्द्र र एकिकृत समाजवादी सहित गठबन्धन दलका विच उमेदवारका विषयमा केन्द्र देखी तल्लोतह सम्म छलफल र वहस जारी रहेको छ ।
गठबन्धनलाई मिलाए र सबै लाई न्याय दिने गठबन्धन दिगो राख्ने प्रधानमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सभापती शेर बहादुर देउवाको बताउदै आएका छन ।
डडेल्धुरामा काँग्रेस ,माओवादी केन्द्र, समाजवादीको गठबन्धन भत्कीनु नहुने पक्षमा माओवादी केन्द्र पनि देखीएको छ ।
गठबन्धनका नेता तथा उमेदवार व्यवस्थापनमा नेताहरुलाई निकै सकस देखीएको छ ।
दुई प्रदेससभा रहेको डडेल्धुरामा कस्तो खाले गठबन्धन होला भन्नेमा नेता, कार्यकता र जनतामा कौतुहलता छाएको छ ।
डडेल्धुराको प्रदेश (क) मा नेपाली काँग्रेस डडेल्धुरा सभापती तथा परशुराम नगरपालिकाका निर्वतमान मेयर भीम बहादुर साउँद कि ? नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका सुदुरपश्चिम प्रदेश ईन्चार्ज खगराज भट्टको उमेदवारी रहने चर्चा चुलीएको छ ।
प्रदेशसभा (क) माओवादी वा काँग्रेसको भागमा पर्ने भन्ने विषयमा कसरत जारी छ ।
प्रदेशसभा (क) भागेश्वर, परशुराम र आलिताल गरि ३ पालिका र २ वडा अजयमेरुका सहित २७ वडा रहेकाछन ।
गृह जिल्ला डडेल्धुरा भएका खगराज भट्ट र प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवाको निर्वाचन क्षेत्र पनि एकै हो।
खगराज भट्ट प्रधानमन्त्री देउवा सित तीन पटक ०६४, ०७० र ०७४ मा लगातार पराजति भएका थिए ।
तीन पटक देउवासँग पराजति भएका खगराज भट्ट फेरी चुनाव लड्ने तयारीमा छन तर प्रतिनिधीसभामा भने उनले उमेदवारी नदिने भएका छन ।
मेरो चाहना डडेल्धुरा नछोड्ने हो, तर गठबन्धनले मलाई अर्को निर्वाचन क्षेत्र खोज भने मेरो रोजाईंमा कञ्चनपुर पर्छ । मेरो घर पनि कञ्चनपुर हो भट्टले भने , कञ्चनपुर क्षेत्र नम्बर २ नेपाली काँग्रेसका प्रभावशाली नेता पुर्व मन्त्री एनपी साउदको क्षेत्र हो ।
गठबन्धनले प्रदेशसभाको टिकट दिएपछि डडेल्धुरा बाटै चुनाव लड्ने भट्टको भनाई छ ।
उता प्रधानमन्त्री शेर बहादुर देउवा निकट काँग्रेस डडेल्धुराका सभापती भीम बहादुर साउँद पनि आसन्न मंसिर ४ गतेको निर्वाचनमा डडेल्धुराको प्रदेशसभा क्षेत्र (क) वाट टिकट पाएमा चुनाव लड्ने तयारीमा जुटेका छन ।
आफ्नो गृह नगर र गत बैसाख ३० को स्थानीय तहको निर्वाचनमा जिल्ला समन्वय समिति र ५ पालिका र २९ वडा जिताएको जस साउँदको जिल्ला नेतृत्वलाई रहेको छ ।
साउँदले भने प्रदेशमा टिकट पाए चुनाव लड्ने तयारीमा छु , गठबन्धनको निर्णय मान्न पनि तयार छु उनले थपे ।

bb

Leave A Reply

Your email address will not be published.