नेपाली काँग्रेस परशुरामले डाक्यो भाद्र ९ गते नगर बैठक

पदम जोरा,डडेल्धुरा

नेपाली काँग्रेस नगर कार्य समिति परशुरामले भाद्र ९ गतेका लागि नगर बैठक डाकेको छ ।
नेपाली काँग्रेसले देशैभर भदौ १० गते देखि १४ दिन सम्म आसन्न प्रदेशसभा र प्रतिनिधिसभा चुनावलाई लक्षित गरी ‘जनताको साथमा कांग्रेस’ अभियान सञ्चालन गर्ने हुदाँ अभियानको तयारी र सफल पार्न बैठक डाकेको काँग्रेस परशुरामका सभापती भरत वडायर जोशीले गाउँघरन्यूज लाई जानकारी दिए ।
नेपाली काँग्रेसले सुरु गर्ने उक्त अभियान ३ चरणमा सञ्चालन हुने भएको छ ।
पहिलो चरण भदौ १० देखि २४ गते सम्म र दोस्रो चरण समानुपातिक उम्मेदवारी दर्तापछि हुने र तेस्रो तथा निर्णायक चरण प्रत्यक्षतर्फ उम्मेदवारी दर्तापछि कायम रहने भएको छ ।
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा मतदानमा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न मतदातालाई अपिल गर्ने, नागरिकले कांग्रेसलाई सुनाउन चाहेको कुरा सुन्ने, नागरिकको भावना अनुसार रुपान्तरण र विकास परियोजनाहरु बारे छलफल गर्ने, कांग्रेसले लिएको नीति, कांग्रेस नेतृत्वमा विगत, वर्तमानको राजनैतिक तथा आर्थिक उपलब्धि एवं समसामयिक विषयमा कांग्रेसले लिएको अडान बारे नागरिकलाई जानकारी गराउने र चुनावमा कांग्रेसको जितको लागि वातावरण बनाउने उद्देश्यसहित अभियानमा सुरु हुने भएको काँग्रेस परशुरामका सभापती भरत वडायर जोशीले जानकारी दिए ।
आसन्न मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधीसभा निर्वाचनमा काँग्रेसको भुमीका विषयमा बैठकमा छलफल गरिने जोशीले जानकारी दिए ।
बैठकमा यसक्षेत्रका महाधिबेसन प्रतिनिधी, नगर कार्य समितिका पदाधीकारी, तथा सदस्य,जिल्ला कार्य समिति सदस्य तथा पदाधीकारी, प्रदेशसभा क्षेत्र (क) का सभापती तथा पदाधीकारी, भात्री संगठनका प्रमुख तथा पदाधीकारी र नेपाली काँग्रेसवाट परशुराममा निर्वाचित जनप्रतिनिधीलाई समेत बैठकमा डाकीएको नगर सचिव तथा काँग्रेस पार्टीवाट परशुराम नगरपालिका वडा.न ६ मा दोस्रो पटक निर्वाचित वडा अध्यक्ष खगेन्द्र बहादुर सिंहले वताए ।

bb

Leave A Reply

Your email address will not be published.