पदम जोरा, जोगबुडा
सुक्रवार ईलाका प्रहरी कार्यालय जोगबुडाले जिल्लाको परशुराम नगरपालिका वडा.न १ कलेना वाट लुकाई राखेको अवस्थामा भरुवा बन्दुक वरामत गरेको छ ।
ईलाका प्रहरी कार्यालय जोगबुडाका प्रमुख प्रहरी निरिक्षक गंगादत्त बडुको नेतृत्वमा खटिएको टोलीले परशुराम नगरपालिका वडा.न १ का जगदीश वोहराको घरवाट लुकाई/छिपाई राखेको अवस्थामा भरुवा बन्दुक बरामत गरेको हो ।
गोप्य सूचनाको आधारमा भरुवा बन्दुक नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय डडेल्धुरा पठाइएको प्रहरी निरिक्षक बडुले गाउँघरन्यूजलाई जानकारी दिए ।
अभियुक्त जगदिश बोहरा भने फरार रहेकाले खोजी कार्य जारी रहेको निज जगदिश बोहरामाथि हातहतियार खरखरजना सम्वन्धि कसुरमा मुद्वा चलाईने उनले जानकारी दिए ।
उनले भने आफु ईलाका प्रहरी कार्यालय जोगबुडामा आई सकेका पछि प्रहरी गाउँ बस्ती र समाजमा हुने बिभिन्न खाले अपराधिक घटना नियन्त्रणमा जुटेको छ ।
नागरिकहरुको जिउ धनको सुरक्षाका लागि आफुहरु प्रतिबद्व रहेको समेत उनको भनाई छ ।
परशुराम नगरपालिका ठूलो भुगोल विकट बस्ती र बिभिन्न सिमा–नाका समेत रहेकाले अपराधिक घटना घट्न सक्ने सम्भावित क्षेत्रलाई विशेस निग्रानि बढाइएको छ, उनले थपे ।
तर यहाका जनताले गोप्य सूचनाहरु लुकाउने गरेका कारण घटनाहरु बृद्वि हुने गरेको बडुले धारणा राखे ।
