भ्रष्टाचारको आरोपमा वडा अध्यक्ष निलम्बनमा

गाउँघर सम्वाददाता

डडेल्धुरा, ३० असार ।

भ्रष्टाचार गरेको आरोपमा मुद्धा परेपछि परशुराम नगरपालिका वार्ड-९का वडा अध्यक्षलाई निर्वाचन आयोगले निलम्बन गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ। माओवादी केन्द्रबाट परशुराम नगरपालिका–९ मा विजयी भएका देवबहादुर बोहराविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको हो।

पुनरावेदन मुद्दा दायर भएको अवस्थामा भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३३ को ऐन ३६ बमोजिम उनलाई निलम्बित गर्न जिल्ला निर्वाचन कार्यालयले परशुराम नगरपालिकालाई पत्र लेखेको छ। निर्वाचन

जिल्ला निर्वाचन कार्यालय डडेल्धुरा आज परशुराम नगरपालिकालाई एक काटेर आजैकै मितिबाट मुद्धाको छिनोमानो नहुदाँसम्म निलम्बन गर्न आदेश दिएको छ ।

‘सो मुद्दा विचाराधिन अवस्थामा रहेकाले मुद्दा अन्तिम किनारा नलाग्दासम्म स्वतः निलम्बनमा रहने व्यवस्था रहेको हुँदा सो बमोजिम कार्यान्वयन गराउन निर्वाचन अयोगको पत्रअनुसार अनुरोध छ’ नगरपालिकालाई जिल्ला निर्वाचन कार्यालयले पठाएको पत्रमा उल्लेख छ।

bb

Leave A Reply

Your email address will not be published.