परशुराम नगरपालिका वडा.न .१२ द्वारा निःशुल्क आँपका विरुवा वितरण

पदम जोरा,डडेल्धुरा

 

परशुराम नगरपालिका वडा.न १२ ले वडाको आर्थिक वर्ष २०७८/०७९ कृषि लक्षित २ लाख वजेट वाट वडाका ९ सय घरधुरीलाई १८ सय आँपका वोटा वितरण गरेको छ ।
एक परिवार दुई बोटा अभियान स्वरुप वडाले शनिवार कृषकहरुलाई दसरी प्रजातीको आँपको वोटा वितरण गरेको हो ।
वर्षाद भई रहेको र यो सिजन आपँका विरुवा रोपण गर्ने उपयुक्त मौसम भएकाले विरुवा वितरण गरिएको छ ।


भित्रीमधेषको भौगोलिक र वातावरण आँप विरुवाका लागि उपयुक्त रहेको कृषि प्राबिधिकहरुको भनाई रहेको छ ।
आप बिशेस गरि गर्मी ठाउँमा फस्टाउने भएकाले पनि भित्रीमधेष क्षेत्र उपयुक्त रहेको उहाँहरुको भनाई छ ।
कृषकहरुलाई थोरै भए पनि आँपको उत्पादन गरि घरमा खान र वजारीकरण गर्न सहज होस भन्ने उदेश्यका साथ वोटा वितरण गरेको वडा.न. १२ का सचिव देवकी भण्डारीले जानकारी दिईन ।
वडा.न १२ का वडा अध्यक्ष महाबीर कामीको संयोजकत्वमा कृषकहरुलाई आँपका बोटा वितरण गरीएको हो ।

bb

Leave A Reply

Your email address will not be published.