परशुराम ११ सलेताको बैजनाथ माबि द्वारा विद्यार्थीलाई पोषाक

काँग्रेस डडेल्धुराका सभापती तथा परशुराम नगरपालिकाका निवर्तमान मेयर भीम बहादुर साउँदले १ लाख धनराशीको अक्ष्यकोष

पदम जोरा,डडेल्धुरा

डडेल्धुराको परशुराम नगरपालिका वडा.न ११ सलेतामा रहेको श्री बैजनाथ माद्यमिक विद्यालयले विद्यार्थीलाई पोषाक वितरण गरेको छ ।
नेपाली काँग्रेस डडेल्धुराका सभापति तथा निवर्तमान परशुराम नगरपालिकाका मेयर भीम बहादुर साउँदले उक्त विद्यालयमा सञ्चालन गरेको अक्ष्यकोष रकमको व्याज वाट विद्यार्थीलाई पोषाक वितरण गरिएको विद्यालयका प्रधनाध्यपक चिन्तामणि कलौनीले जानकारी दिए ।
गत शैक्षिकसत्र २०७८ बैसाख २० गते विद्यालयको वार्षीक कार्यक्रममा नेपाली काँग्रेस डडेल्धुराका सभापती तथा परशुराम नगरपालिकाका निवर्तमान मेयर भीम बहादुर साउँदले १ लाख धनराशीको अक्ष्यकोष स्थापना गरेका थिए ।
उक्त अक्ष्यकोषको व्याज कार्यबिधि वनाई विद्यालयका, जेहेन्दार, टुहुरा, अनाथ र आर्थिक अवस्था कमजोर भएका वालवालिकालाई छात्रबृति प्रदान गरिने विद्यालयका प्रधानाध्यापक कलौनीले वताएका ।
सोही कार्यबिधिलाई टेकेर विद्यालयमा अध्ययनरत वालवालिका मध्ये ९ जना छात्र÷छात्रालाई बिद्यालय व्यवस्थापन समिति अध्यक्ष र वडा.न ११ का वडा अध्यक्ष प्रकाश ऐर वाट छात्रबृति स्वरुप पोषाक वितरण गरीएको कलौनीले जानकारी दिए ।
निर्वतमान परशुराम नगरपालिकाका मेयर भीम बहादुर साउँदले डडेल्धुरा अधिकान्स सामुदायिक र संस्थागत विद्यालयहरुमा ५५ हजार, १ लाख र १ लाख बढिको अक्ष्यकोष स्थापना गरेकाछन ।
ऊनले परशुराम नगरपालिकाको मेयरमा निर्वाचित भए लगतै आफ्नो कार्यकाल भरि डडेल्धुरा जिल्लाको शैक्षिक सुधारका लागि व्यक्तिगत रुपमा अक्ष्यकोष स्थापना गर्ने प्रतिबद्वता गरेका थिए ।

bb

Leave A Reply

Your email address will not be published.