पदम जोरा,डडेल्धुरा
डडेल्धुराको परशुराम नगरपालिका वडा.न ८ का नवनिर्वाचित वडा अध्यक्ष दिनेश प्रशाद जोशीले आफुले पाउँने बैठक भत्ता छोरी बुहारी (छात्रा) छात्रबृतिकोषमा जम्मा गर्ने घोषणा गर्नु भएको छ ।
आधा आकाश ढाक्ने नारीहरुको सम्मान गर्दै सुक्रवार ११ औं नगरसभामा उनले उत्त घोषणा गरेका हुन ।
गरिवीको रेखामुनी रहेका उच्च शिक्षा अध्ययनवाट वन्चीत छात्रा(छोरी बुहारी)लाई राहत स्वरुप मेरो ५ वर्षे कार्यकाल सम्म पाउँने सबै खाजा र बैठक भत्ता कोषमा जम्मा गर्ने जोशीले गाउँघरन्यूज लाई जानकारी दिए ।
परशुराम नगरपालिकाको ११ औं नगरसभा आर्थिक वर्ष २०७९/०८० को निति तथा कार्यक्रममा पनि माद्यमिक तह शिक्षा निःशुल्क समेटीएको छ ,भने कार्यपालिकाको पहिलो बैठकवाट शैक्षिक सुधारका महत्वपुर्ण निर्णय समेत पारित भएको छ ।
आफुले वडाको शैक्षिक सुधारका लागि कार्यक्रमहरु तिब्रताका साथ अगाडी बढाएको उनले जानकारी दिए ।
जोशी नेपाली काँग्रेस परशुराम नगरपालिका वडा.न ८ का वडासभापति र वडा.न ८ का वडाअध्यक्ष पनि हुन ।
जोशी माओवादी केन्द्र र एमालेका वडा अध्यक्षका उमेदवारलाई पराजित गरि काँग्रेस वाट वडा अध्यक्षमा विजयी भएका हुन ।
परशुराम नगरपालिका वडा.न १२ स्थित जोगबुडामा निजि लगानी परशुराम पोलिक्लिनीक सञ्चालन गरि जनतालाई स्वास्थ्य सेवा समेत दिई रहेकाछन ।
