पदम जोरा,डडेल्धुरा
परशुराम नगरपालिका जोगबुडाको ११ औं नगरसभामा सुक्रवार प्रस्तुत भएको आर्थिक वर्ष २०७९/०८० को निति तथा कार्यक्रम र वजेट माथि छलफल जारी रहेको छ ।
नगरपालिकाको वडा.न १२ स्थित आईसोलेसन भवनमा नगर–प्रमुख भरत वडायर जोशीको अध्यक्षतामा नगरसभामा छलफल जारी रहेको छ ।
सुक्रवार ११ औं नगरसभामा आर्थिक वर्ष २०७९/०८० को निति, तथा कार्यक्रम र वजेट सार्वजनिक भएको थियो ।
नगर–प्रमुख भरत वडायर जोशीले आर्थिक वर्ष २०७९/०८० को तिति तथा कार्यक्रम नगरसभामा प्रस्तुत गरेका थिए ।
नगर–उपप्रमुख बिमला कुमारी बोहरा(महता) ले आर्थिक वर्ष २०७९/०८० को वजेट नगरसभामा प्रस्तुत गर्नु भएको थियो
बोहराले ७८ करोड ४८ लाख ३४ हजार रुपैया वरवरको वजेट नगरसभामा प्रस्तुत गर्नु भएको थियो ।
निति तथा कार्यक्रम र वजेट माथि छलफल भई रहेको नगरसभा सदस्य तथा वडा.न ४ का वडा अध्यक्ष बिश्राम बोहराले गाउँघरन्यूजलाई जानकारी दिए ।
नगर–प्रमुखले प्रस्तुत गरेको आर्थिक बर्ष २०७९/०८० निति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन, विकास निर्माण, पुर्वाधार, लक्षित कार्यक्रमहरु बिशेस प्राथमिकतामा राखिएका छन ।
नगरको शिक्षा सुधारमा बिद्यार्थी संग मेयर, शिक्षक संग अभिवाबक , शान्ति सुरक्षाका लागि नगर–प्रहरी, र जनता संग मेयर लगायतका आकर्षक कार्यक्रम निति तथा कार्यक्रममा समेटीएका छन ।
स्थानीय सरकारले असाढ १० गते भित्र निति तथा कार्यक्रम र वजेट ल्याई सक्नु पर्ने संवैधानिक व्यवस्था अनुसार वाजुराको बुढिनन्द गाउँपालिका बाहेक सबै स्थानीय तहले असाढ १० गते निति तथा कार्यक्रम र वजेट ल्याई सकेकाछन ।
निति तथा कार्यक्रम र वजेटमाथि अधिकान्स स्थानीय तहहरुमा छलफल जारी रहेको छ । यता परशुराम नगरपालिकाको ११ नगरसभामा समेत छलफल जारी रहेको नगरपालिकाले जनाएकोछ ।
