पदम जोरा,जोगबुडा
डडेल्धुराको परशुराम नगरपालिका वडा.न ११ मा खोलाले बगाउँदा ५ वर्षिय वालकको मृत्यु भएको छ । मंगलवार दिउसो १ वजे तिर पातल खोला तर्ने क्रममा सोही वडाको श्री परशुपतिनाथ प्राथमिक विद्यालय ज्यामीरखालीमा कक्षा १ मा अध्ययनरत ५ वर्षिय छात्र निराजन बोहराको मृत्यु भएको विद्यालयका प्रधानाध्यापक हरिदत्त जोशीले जानकारी दिनु भयो । साढे १२ वजे बिद्यालयको छुट्टी भइपछि घर फर्कीदा उक्त खहरे खोला तर्ने क्रममा बोहराको मृत्यु भएको हो ।मृतक निराजनलाई प्लास्टीक घोगी ओडाएर पिठ्युमा राखी सोही विद्यालयका कक्षा ८ मा अध्ययनरत छात्र गोपाल साउँद तार्ने क्रममा घाईते भएका छन । गोपाल साउँदको भनाईलाई उदृत गर्दै प्र.अ.जोशीले भने खोलामा साल्लाको पिरोलवाट चिप्लीएर खोलामा खसे निराजनलाई छोप्न गए सकेन ।त्यसै गरी सोही विद्यालउयमा कक्षा ८ मा अध्ययनरत रेसम साउँद समेत सोही खोला तर्ने क्रममा घाईते भएको प्रधनाध्यापक जोशीले जानकारी दिए । स्थानीयहरुको पहलमा घाईतेको उद्वार भई सकेको छ । यता परशुराम नगरपालिकाले पनि घटना स्थलमा एम्बुलेन्स पठाएको नगर–प्रमुख भरत वडायर जोशीले जानकारी दिए ।
यो समाचार तयार पर्दा सम्म घटनास्थलमा प्रहरी पुग्ने क्रममा रहेको ईलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरिक्षक गंगादत्त वडुले जानकारी दिए ।
