डडेल्धुरामा ८ औं अन्तराष्ट्रिय योग दिवस मनाइयो

पदम जोरा,डडेल्धुरा


“मानवताका लागि योग” भन्ने मुल नाराका साथ पतञ्जली योग समिति डडेल्धुराको आयोजनामा मंगलवार सदरमुकाम डडेल्धुरामा ८ औं अन्तराष्ट्रिय योग दिवस मनाईको छ ।
पतञ्जली योग समिति डडेल्धुराका अध्यक्ष कैलाश कुमार पाण्डेयको अध्यक्षता तथा जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख गगन सिह भण्डारीको प्रमुख आतिथ्यतामा दिवस मनाइएको हो ।
दिवस समारोहको बिशिष्ठ अतिथिमा अमरगढि नगरपालिकाका उप–प्रमुख पारवती झुकाल रहनु भएको थियो ।
आठौं अन्तराष्ट्रिय योग दिवसको अवसरमा डडेल्धुरा अस्पतालका विरामीलाई फलफुल वितरण र प्रभात फेरी सहित भव्यताका साथ दिवस मनाइएको योग समिति डडेल्धुराले जनाएको छ ।
सोही अवसरमा योगका प्रटोकल महिला अध्यक्ष चित्रा भट्ट द्वारा गरिएको थियो ।
पछिल्लो समयमा योग गर्नेको संख्या बढ्दोे रहेको छ भने, योगका फाईदाका वारेमा समेत आम नागरिकमा साकारात्मक धारणा रहेको छ । योग गर्दाै बिभिन्न खाले रोगहरु निको हुने र भएको भागेश्वर १ का शेर बहादुर ठकुराठीको भनाई छ ।
आफु पनि योग प्रशिक्षक रहेको र यद िनियमित रुपमा योगका बिभिन्न क्रिया र चरणहरु गर्ने हो भने शरिरलाई निकै फाईदा हुन्छ ।
कस्तो र कुन प्रकृतिको विरामीले यो गर्ने नगर्ने भन्ने विषयमा जानकारी लिएर योग गर्नु पर्ने हुन्छ यसवाट धेरै रोगहरु निको भएका छन ।
अझै गाउँ बस्ती सम्म योग को चेतना पुग्न सकेको छैन स्वास्थ्य छ भने मानिस छ त्यसकारण सबैलाई योग तिर अकर्षण गर्नु पर्ने ठकुराठीको तर्क छ ।

bb

Leave A Reply

Your email address will not be published.