पदम जोरा,जोगबुडा
डडेल्धुराको भुवनेश्वरी नमुना माद्यमिक बिद्यालय काठमाण्डौं रंगशालामा यही २०७९ अषाढ १२ गते वाट सञ्चालन हुने राष्ट्रिय एथ्लेटिक्स प्रतियोगितामा छनौट भएको छ ।
सुदूरपश्चिम प्रदेशको टिममा भुवनेश्वरी नमुना माद्यमिक बिद्यालय छनौट भएको नगरपालिकाका खेलकुद प्रशिक्षक रविन्द्र कोलीले जानकारी दिए ।
नगरपालिका स्तरीय राष्ट्रपति रनिङ सिल्ड बिजेता हाम्रो विद्यालय आवश्यक सुचाङ्कका आधारमा प्रतियोगिताका लागि छनौट भएको विद्यालयका प्रधानाध्यापक डम्बर सिह थ्वालले जानकारी दिए ।
भुवनेश्वरी नमुना माद्यमिक द्यिालय परिगाउँ वाट ४ जना छात्रा र ४ जना छात्रा प्रतियोगितामा सहभागि हुन मंगलवार काठमाण्डौं प्रस्थान भएका छन ।
सहभागि छात्र÷छात्रा लाई फुलमाला, अविर सहित बिद्यालय व्यवस्थापन समित अध्यक्ष खडक बहादुर बोहरा, प्रधानाध्यापक डम्बर सिंह थ्वाल र वडा.न ५ का वडा अध्यक्ष दिल बहादुर शाहिले विजयको शुभकामना सहित विदाई गरेका छन ।
