हावाहुरीले रुख ढल्दा परशुराम ४ को कालिका प्रा.बि.मा क्षती 

ललिता साउँद जोगबुडा

 

बिहिवार दिउसो करिब ३ वजे तिर एक्कासी आएको हावा हुरीले रुख ढल्दा डडेल्धुराको परशुराम नगरपालिका ४ लटेरोडा, कटालमा रहेको कालिका प्राथमिक विद्यालयको कक्षा कोठामा क्षती पुगेको छ ।विद्यालय नजिकै रहेको हल्दु प्रजातीको रुख विद्यालयको छतमा ढल्दा विद्यालयका जस्ताले छाएका ४ कोठामा क्षती पुगेको विद्यालयका प्रधानाध्यापक कासि नाथले जानकारी दिए ।
जस्ताले छाएको ३ वटा कोठाको दिवाल चर्केको र १ कोठामा पुर्ण क्षती भएको ईलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरिक्षक गंगादत्त बडुले जानकारी दिए ।
विहानको समयमा पठन–पाठन हुने हुदाँ विद्यालय विदा भई सकेकाले मानविय क्षती भने हुन नसकेको प्रहरी निरिक्षक बडुले भनाई छ ।

bb

Leave A Reply

Your email address will not be published.