अनाथ वालवालिकालाई छात्रबृति दिने परशुराम नगरपालिकाको पहिलो निर्णय

पदम जोरा,जोगबुडा

 


पशुराम नगरपालिका डडेल्धुराको सुक्रवार बसेको कार्यपालिका बैठकले नगरपालिकाका अनाथ, टुहुरा, अतिविपन्न र जेहेन्दार वालवालिकालाई छात्रबृति दिने निर्णय गरेको छ ।
नगरपालिकाका १२ वटै वडाका कोही पनि वालवालिकाहरु शिक्षा वाट बन्चित नहोउन भन्ने उदेश्यका साथ कार्यपालिकाको प्रथम वैठक वाट वालिवालिकालाई र छोरी बुहारीलाई समेत छात्रबृति दिने निर्णय गरीएको परशुराम नगरपालिकाका नगर–प्रमुख भरत वडायर (जोशी) जानकारी दिए ।
छात्रबृतिका लागि छिट्टै कार्यविधी निर्माण गरि छात्रबृति प्रदान प्रकृया आगामि शैक्षिक सत्रवाट वितरण गरीने ऊनले गाउँघरन्यूजलाई जानकारी दिए ।
जिल्लाको भित्रीमधेष क्षेत्रमा करिब ५ देखी ७ प्रतिशत वालवालिकाहरु अझै शिक्षाको पहुच भन्दा वाहिर रहेको जानकारहरुको भनाई छ ।
सरकारले पुर्व प्राथमिक र प्राथमिक तहमा दिवा खाजा कार्यक्रम सञ्चालन गरेपछि केही हद सम्म बिद्यार्थी भर्ना दर बढेको भए पनि पारिवारिक आर्थिक समस्याका कारण विचमै वालवालिकाले कक्षा छोड्ने दर पनि रहेकै छ ।
यसरी परशुराम नगरपालिकाको पहिलो कार्यपालिकाको बैठको वालवालिका छात्रबृति कार्यक्रम दिने उत्कृष्ठ निर्णय रहेको भुवनेश्वरी नमुना मावि परिगाउँका पधानाध्यापक डम्वर सिंह थ्वालको वातए ।
थ्वाल भन्छन, मानको चेतना शिक्षावाट हुने भएकाले नगर–प्रमुखको पहिलो एजेण्डा शैक्षिक सुधारमा रहेको प्रति धन्यावाद दिन्छु ।
यस्तै मा.बि. तह उतिर्ण न गरेरै गरिवी र चेतनाको अभावका कारण अधिकान्स छात्राहरु विचमै कक्षा छोड्ने भएकाले सुक्रवार बसको नगर कार्यपालिका बैठकले छोरी–बुहारी छात्रबृति कोष स्थापना गरि कार्यबिधि अनरुप वितरण प्रकृया अगाडी वढाईने समेत निर्णय गरेको छ ।
परशुरामको शिक्षा र स्वास्थ्यमा सुधार मात्रै ल्यान सके नगरपालिका समृद्व भन्ने र सब्य नागरिक उत्पादन हुने नगर–उपप्रमुख विमला बोहरा (महता) को भनाई छ ।
यो समाचार तयार पर्दा सम्म कार्यपालिका बैठक जारी छ ।
अन्य ७ एजेण्डामा छलफल जारी रहेकोछ ।

bb

Leave A Reply

Your email address will not be published.