गाउँघर सम्वाददाता
जोगबुढा, ३० जेष्ठ
परशुराम नगरपालिकाले स्थानीय तह निर्वाचन २०७९ सम्पन्न भएपछिको पहिलो कार्यपालिका बैंठक सामाजिक संजाल मार्फत प्रत्यक्ष प्रशारण गरेको छ ।
जनताको कामका लागि खटिएका सबै जनप्रतिनिधिहरुले गर्ने रहेक काम पारदर्शि र सार्वजनिक हुनु पर्ने भन्दै नगर प्रमुख भरत बडायर जोशीले पहिलो कार्यपालिका बैंठक प्रत्यक्ष प्रशारण गराउनु भएको छ ।
पहिलो कार्यपालिका बैंठकमा मेयर जोशीले बैठकको निर्णयका लागि ७ वटा एजेण्डा प्रस्तुत गरिएको बताउनु भएको छ । सबै कार्यपालिका सदस्यहरुले पहिलो बैंठकमा पालोपाले बल्ने बृहत छलफल भईरहेको छ । कार्यपालिका बैठक सामाजिक सञ्जाल माफर्त प्रत्यक्ष प्रशासरण गरिएकाे सुदूरपश्चिममा पहिलाे पटक हाे । यो समाचार तयार गर्दासम्म कार्यपालिका बैठक संचालन भईरहेको थियो ।
