परशुराममा सघन शहरी विकास कार्यक्रम सुरु हुन्छ : मेयर जोशी

पदम जोरा,डडेल्धुरा

डडेल्धुराको परशुराम नगरपालिकाका नवनिर्वाचित मेयर भरत वडायर जोशीले नगरपालिकाको बिकास ,निर्माण योजना मागलाई तिब्रता दिएकाछन ।
आफु निर्वाचित भएको पहिलो पटक मै जोशीले केन्द्र र प्रदेश राजधानीमा बिभिन्न मन्त्रालयमा भेटघाटलाई तिब्रता दिएकाछन ।
सुक्रवार अर्थात जेठ २७ गते जोशी सहित प्रमुख प्रशासकिय अधिकृत तारानाथ पनेरु, वडा.न न. ८ का वडा अध्यक्ष दिनेश जोशी सहितको टोली शहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन इकाई कैलाली पुगी ईकाई प्रमुख प्रविण शाह संग प्रस्तावित सघन शहरी विकास कार्यक्रमलाई पहिलो चरणमा टेन्डर प्रकिया अगाडि वढाउन आग्रह गर्नु भएको छ ।
परशुराममा सघन शहरी विकास कार्यक्रम निर्वतमान मेयर भीम बहादुर साउँद नेतृत्वको नगर सरकारले प्रस्ताव गरेको थियो ।

उक्त कार्यक्रमका लागि ५० करोड कुल बजेट रहेको र छिट्टै टेण्डर प्रकृया अगाडी वढाईने नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत तारानाथ पनेरुले जानकारी दिए ।
बिबिध समस्या र स्थानीय तहको निर्वाचनका कारण प्रकृयामा ढिलो भएको उक्त छलफलको निष्कर्ष रहेको छ ।
के के छन सघन शहरी विकास कार्यक्रम
१. द्यगकष्लभकक क्तबचत गउ अभलतभच निर्माण ।
२. परशुरामको लालढुङ्गा वजारको ढल व्यवस्थापन,पक्की वाटो,फुटपाथ निर्माण ।
३.जोगबुडा सिमलखेत पक्की बाटो निर्माण ।
४. नयाँ व्यवस्थित बस पार्क निर्माण ।
५.जोगबुडा अस्पतालमा थप आवासीय भवन निर्माण रहेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत तारानाथ पनेरुले जानकारी दिए ।

bb

Leave A Reply

Your email address will not be published.