उद्योग वाणिज्य संघ कैलालीको महा–सचिवमा पनेरुको उमेदवारी

पदम जोरा,डडेल्धुरा

यही जेठ २८ गते हुन गईरहेको उद्योग वाणिज्य संघ कैलालीको निर्वाचनमा महा–सचिव पदका लागि मानवसेवा आश्रम धनगडीका उपाध्यक्ष समेत रहेका कुशल व्यवसायी शिद्वराज पनेरुले उमेद्वारी दिएकाछन ।
सुरेन्द्र राठी अध्यक्ष रहेको प्यानल वाट पनेरुले महा–सचिव पदमा उमेदवार दिएको जानकारी दिए ।
ऊनले व्यपारी र व्यवसायिक हितका लागि आफ्नो महा–सचिव पदमा उमेदवारी रहेको गाउँघरन्यूज लाई जानकारी दिए ।
महा–सचिवमा उनको उमेदवारीको सामाजिक सञ्जालमा चर्चा वढेको छ ।
यही जेठ २८ गते हुने उद्योग वाणिज्य संघ कैलालीको निर्वाचनमा अध्यक्ष पदमा, सुरेन्द्र राठी,वरिष्ट उपाध्यक्ष,हरिशंकर ठाकुर, एसोसिएट उपाध्यक्ष प्रकाश भट्ट, वस्तुगत उपाध्यक्ष, केशव पाण्डेय, उद्योग उपाध्यक्ष, घनश्याम चौधरी, वाणिज्य उपाध्यक्ष केशवराज जोशी, महासचिव पदमा शिद्वराज पनेरु , कोषाध्यक्ष , रंजन कुमार शर्मा, सचिव महेन्द्र सिंहको उमेदवारी रहेको छ ।
त्यसै गरि सदस्यहरुमा ,श्रीमान गौतम, हेमराज भट्ट, अमर चोख्याल, रिता जोशी (अवस्थी) कमला ज्ञवाली, शैलेन्द्र श्रेष्ठ, जी एस इस्लाम, शुरेश सापकोटा, प्रदीप वैध, अम्बिका भण्डारी, कृष्णराज पाण्डेको उमेदवारी रहेको छ ।

bb

Leave A Reply

Your email address will not be published.