परशुराममा स्वास्थ्य बिमा सम्बन्धि २ दिने अभिमुखिकरण

ललिता साउँद,जोगबुडा

डडेल्धुराको परशुराम नगरपालिकामा स्वास्थ्य बिमा सम्वन्धि २ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
परशुराम नगरपालिकाका नगर–प्रमुख भरत बडायर (जोसी) को संयोजकत्वमा तथा परशुराम नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको सहजीकरण र स्वास्थ्य विमा सम्वन्धी ऐन नियम, बिधि प्रकृयाको बारेमा शूदुरपश्चिम प्रदेश प्रमुख जनक बहादुर साउदले गर्नु भएको हो ।
अभिमुखी करण कार्यक्रमलाई सम्वोधन गर्दै परशुराम नगरपालिकाका नगर प्रमुख भरत बडायर जोसीले स्वास्थ्य विमा कार्यक्रम सर्वप्रथम जनप्रतिनिधिवाट सुरु गरिने वताए ।
हरेक साकारात्मक र नयाँ कार्यको सुरुवात आफुवाट गर्नु पर्नेमा जोशीको तर्क रहेको थियो
उक्त अभिमुखीकरण कार्यक्रममा नगरपालिकाका विषयगत साखा, १२ वटै वडाका वडा अध्यक्ष तथा जनप्रतिनिधीहरुको सहभागिता रहेको थियो ।
स्थानीय सरकार अर्थात परशुराम नगरपालिकाले विशेस गरि दृगरोगी, जेष्ठ नागरिकहरुको
स्वास्थ्य विमाका लागि कार्यपालिका बैठक वाट नै पहल गरिने नगर–प्रमुख जोशीले प्रतिवद्वता ब्यक्त गर्नु भयो ।
पहिलो चरणमा वृद्ध वृद्धा हरुको तथ्याङ्क संकलन गरिने र अनि उहाँहरुको बिमा प्रकृया सुरु गरेने जोशीको वताए ।

bb

Leave A Reply

Your email address will not be published.