पदम जोरा,डडेल्धुरा
डडेल्धुराको परशुराम नगरपालिका वडा.न. ६ का नवनिर्वाचित वडा अध्यक्ष खगेन्द्र बहादुर सिंह (ठकुरी) ले पदभार ग्रहण गरेका छन ।
बिहिवार वडा.न ६ को कार्यालय कुणामा एक औपचारिक कार्यक्रमका विच सिहंले पदभार ग्रहण गरेका हुन।
वडाअध्यक्ष खगेन्द्र सिंह ठकुरी र वडा सदस्यहरु, मान बहादुर खडायत,उज्जल सिंह राना मगर, महिला सदस्य जयमा देवी सुनारी मगर, दलित महिला सदस्य मिना देबी सुनार सहितको पुरै टिमले पदभार ग्रहण गरेका हुन ।
नेपाली काँग्रेस परशुराम सचिव समेत रहेका खगेन्द्र वहादुर सिह २०७९ बैसाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा एमाले र माओवादी लाई पराजित गरि प्यानल सहित वडा अध्यक्षमा विजयी भएका हुन ।
पछिल्लो समय युवा, बृद्व बृद्वा सबैको मन–मनमा वसेका ठकुरी २०७४ सालको स्थानीय तहको निर्वाचनमा समेत विजयी भई ५ वर्षको कार्यकाल सम्हालेका थिए ।
वडामा बिभिन्न युवा, युवती महिला , जेष्ठ नागरक तथा वालवालिका र शिक्षा, स्वास्थ्य, विकास, निर्माण योजनामो क्षेत्रमा महत्वपुर्ण काम गरेका उनले अवको ५ बर्षमा पनि जनमुखी कार्यलाई तिब्रता दिने वताएकाछन ।
वडा अध्यक्षको पदभार ग्रहण गर्दै उनले वडा.न. ६ मा रहेका दुई वटा विद्यालयहरु शिद्वनाथ प्राथमिक बिद्यालय सिमलखेत र शिद्वनाथ प्राथमिक बिदालय पट्रेनी लाई समायोजन गरि आधारभूत तह सम्म पठन–पाठनका लागि पहल गर्ने गर्ने निर्णय गरेकाछन ।
पदभार ग्रहणको अवसरमा निर्वतमान जनप्रतिनिधीलाई सम्मान सहित विदाई समेत गरीएको हो ।
नवनिर्वचित र निर्वतमान जनप्रतिनिधीलाई वडावासीले बिहिवार फुलमाला,खादा र अविर लगाई सधै जनताको सेवक बन्नु भनी भन्दै वधाई तथा कार्यकालको शुभकामना दिएका हुन ।
यो समाचार गाउँघर मिडियाका सम्वाददता रमेश पनेरुले तयार परेकाहुुन ।
ने
