७२ घण्टे स्पष्टीकरण प्रति एमाले भागेश्वर अध्यक्ष दिपक महताको कटाक्ष

पदम जोरा,डडेल्धुरा

नेपाल कम्युनिष्ट पार्टी एमाले भागेश्वर गाउँ कमिटी अध्यक्ष दिपक महताले आफुलाई सोधीएको ७२ घण्टे स्पष्टीकरण प्रति कटाक्ष व्यक्त गरेकाछन ।
गाउँघरन्यूज संग कुरा गर्दै महताले नेपाल कम्युनिष्ट पार्टी २/४ जना व्यक्तिको पार्टी नभएको सुनाए । उनले भने आफुलाई सोधीएको स्पष्टीकरण २/४ जनाले मनपरी र नाटकीय रुपमा चोर वाटोवाट सुनीयोजित तरिकाले पार्टीको लेटरप्याड मिसयुज गरेको आरोप लगाए ।
तागत भए जिल्ला कमिटि बैठक वोलाइ छलफल गर्न सक्नु पर्छ अनि को ? को ? कारवाहीको भागेदार हुन्छन हेरमला महताले थपे ।
अवैधानीक रुपमा नाटकीय ढंगले वर्षौ सम्म पार्टीमा संगठित साथिहरुलाई वाई पास गर्ने चोरवाटो वाट टिकट वितरण गर्ने जिल्लाका कमिटिको कार्यशैली बिधि,बिधान सम्वत नभएको उनले वताए ।
बहुमत भागेश्वर गाउँ कमिटि पालिकालाई वाई पास गर्ने अनी हार्नु परेको पिडालाई २÷४ जनाले सपष्टीकरण पत्र लेख्नु न पाईने महताले बताए ।
म नेपाल कम्युष्टि पार्टी एमाले भागेश्वरको अध्यक्ष हु २०७९ को स्थानीयतहको निर्वाचनका लागि पार्टीको आधिकारिक टिकटको कलर कस्तो थियो देख्न पाईन उनले दुःखेसो गरे ।
टिकट पाउने उमेद्वारले पालिका कमिटि संग समन्वय र सहकार्य नगरि जानुको समस्या के थियो जिल्ला कमिटिले सोच्नु पर्नेको साटो कोठे बैठक गर्न लाग्नु अझ पार्टीका लागि दुर्भाग्य हुने उले वताए ।
जिल्ला कमिटिका कयौन ऋटिहरु छन आफ्ना ऋटिहरु बाहिर आउने डरले आफुलाई ७२ घण्टे स्पष्टीकरण सोधेको हो यो स्ष्टीकरण प्रति मेरो घोर आपत्ति छ महताले भने ।
महता लाई नेपाल कम्युनिष्ट पार्टी जिल्ला कमिटिले सोमबार पत्र पठाउँदै ७२ घण्टे स्पष्टीकरण सोधेको थियो ।


स्थानीय तह निर्वाचनका बेला पार्टीको हित विपरीत कार्य र पार्टीको विधानको धारा ८० उपधारा ६ अनुसार पार्टी अनुशासन विपरीत कार्य गरेकोले महतालाई स्पष्टीकरण सोधिएको एमाले डडेल्धुराले जनाएको छ।
एमालेले महतालाई ७२ घण्टा भित्र चित्तबुझ्दो जवाफ पठाउन भनी लिखित स्पष्टीकरणमा लेखी पठाएको हो ।
उक्त पत्रमा चित्तबुझ्दो जवाफ नआए पार्टी सदस्य समेत नरहने गरी कारबाही गरिने शब्द समेत उल्लेख गरिएको छ ।

bb

Leave A Reply

Your email address will not be published.