परशुराम नगरपालिका द्वारा समृद्वीका ५ वर्ष नामक पुस्तक प्रकासन

पदम जोरा,जोगबुडा

डडेल्धुराको परशुराम नगरपालिकाले ५ वर्षमा भए गरेको विकास, निर्माण योजना लक्षित कार्यक्रम र उपलब्धी समेटीएको २१३ पृष्ठको पुस्तक प्रकासन गरेको छ ।
समृद्वका ५ वर्ष नाम दिइएको उक्त पुस्तक सुक्रवार एक कार्यक्रमका विच आम नगरवासीको हातहातमा पुग्ने गरि वितरण गरीएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत तारानाथ पनेरुले जानकारी दिए ।
संघियताको पहिलो परशुराम नगरपालिकाको ५ बर्ष भित्र भए गरेका बिभिन्न उपलब्धीमुलक कार्य, अनगुमन प्रगतीको तस्वीर समेत समेटीएका छन ।
उक्त पुस्तकमा क्रमागत रुपमा परशुराम नगरपालिको अर्थिक विकास, कृषि, पशुपालन, सहकारी बिकास, रोजगारी, गरिबी निवारण, सामाजिक विकास , स्वास्थ्य, शिक्षा, युवा तथा खेलकुद, महिला तथा वालवालिका जेष्ठ नागारिक, सुरक्षित आवास, हलियामुक्ति, बहुक्षेत्रिपोषण, सामाजिक सुरक्षा तथा पञ्जीकरण सेवा, संस्थागत तथा प्रशासनिक सेवा , न्यायीक तथा अनुगमन सेवा, पुर्वाधार विका, सुचना तथा सञ्चार प्रबिधि बिकास ,बिधुत, सडक ,यातायात, खानेपानी १२ वटै वडावाट दिई सेवाहरुको उल्लेख गरिएकाछन ।
साराशंमा नगरपालिकाको नक्सा, जनसंख्या र भौगोलिक अवस्था, गरिबी र आशातित प्रतिफल समेत उल्लेख गरिएको छ ।
परशुराम नगरपालिका र NNSWA को प्राबिधिक सहयोगमा उक्त समृद्वीका ५ वर्ष नामक पुस्तक प्रकासन गरीएको परशुराम नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत तारानाथ पनेरुले जानकारी दिए ।
उक्त पुस्तकमा भए गरेका सबै कार्यहरु छरलङग देखीने र अव आउने स्थानीय सरकारलाई पुस्तकलाई टेकेर काम गर्न सहज हुने उदेश्यका साथ पुस्तक प्रकासनको प्रयास गरीएको परशुराम नगरपालिकाका निर्वतमान नगर–प्रमुख भीम बहादुर साउँदले जानकारी दिए ।

bb

Leave A Reply

Your email address will not be published.