परशुरामका नवर्निवाचित मेयर र उपमेयर द्वारा पदभार ग्रहण

पदम जोरा,जोगबुडा

डडेल्धुराको परशुराम नगरपालिकाका नवर्निवाचित मेयर भरत वडायर (जोशी) र उप–मेयर बिमला कुमारी बोहरा (महता) ले सुक्रवार पदभार ग्रहण गरेका छन ।
२०७९ बैसाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा जोशी नेपाली काँग्रेस वाट मेयर र बोहरा माओवादी (केन्द्र) वाट उप–मेयरमा विजयी भएका थिए ।
उहाँहरु दुवै जनाले सुक्रवार एक औपचारिक कार्यक्रमका विच संबैधानिक व्यवस्था अनुसार पदभार ग्रहण गरेका हुन ।
मेयर जोशी र उप–मेयर वोहरा लाई ऊनका समर्थक र नगरपालिकका कर्मचारीले खादा,अविर र फुलमाला सहित वधाई दिदै स्वागत गरेका छन ।
५ वर्षे कार्यकालमा नगरपालिकाको जनमुखी काम गर्नु भन्दै उहाँहरु दुवै जनाको सफल कार्यकालको सुभकामना व्यक्त गरीएको थियो ।
बैसाख ३० गते साझ ५ बजे सम्म तपाईहरु राजनैतिक दलको हुनुहुन्थ्यो , मत परिणाम आई सकेपछि तपाईहरु परशुरामवासीको सेवक भएकाले नगरपालिकाको शान, गरिमा झल्कीने काममा दत्तचित्त रहनु भन्दै निवर्तमान मेयर भीम बहादुर साउँदले मेयर र उप–मेयर दुवै जनालाई बधाई तथा शुभकामना दिएका थिए ।
विदाईको क्षणमा भावुक बनेका काँग्रेस डडेल्धुराका सभापती समेत रहेका निर्वतमान परशुरामका मेयर साउँदले आफ्नो ५ वर्षे अनुभव समेत उहाँहरुलाई सुनाएका थिए ।
मेरो कार्यकालमा सिंगो कार्यपालिका टिमले गरेका विकास, निर्माण ,योजना, कार्यक्रमहरुलाई दलगत स्वार्थमा न रुमलिई सम्झन लायक , नमुना वनाउन उनले आग्रह गरे ।
पदभार ग्रहण समारोहमा बोल्दै नवर्निवाचित मेयर जोशीले आफुले पाएको जिम्मेवारी र जनताले दिएको उभिमतको ईमान्दारी पुर्वक पालना गर्ने सुनाए ।
नवनिर्वाचित उप–मेयर विमला कुमारी बोहरा (मतहा) ले पनि परशुरामका मतदाताले दिएको माया, विश्वास साथ सहयोग र आसा भरौसा कुनै पनि हालतमा गुम्न नदिने सुनाईन ।
कार्यपालिका अल्पमत र बहुमत सरकार भन्दा पनि जनुमखी , साकारात्मक काममा परशुरामको समुन्नती, समृद्विमा संगै विकासमा एकजुट हुने धारणा महताले राखिन ।
परशुराम नगरपालिकाको कार्यालय जोगबुडामा मेयर, उपमेयरको फरक–परक कक्षमा उहाँहरुले पदभार ग्रहण गरेका हुन ।

bb

Leave A Reply

Your email address will not be published.