परशुराममा नवनिर्वाचित वडा अध्यक्ष र सदस्यहरुले लिए सफत

पदम जोरा,डडेल्धुरा

डडेल्धुराको परशुराम नगरपालिकाका नवनिर्वाचित वडा अध्यक्ष र वडा सदस्यहरुले सफत लिएकाछन ।
निर्वाचन अधिकृत मोहनी प्रशाद जोशीको अध्यक्षता तथा संविधान सभा सदस्य नरभान कामिको प्रमुख आतिथ्यतामा भएको एक औपचारिक कार्यक्रमका विच उहाँहरुले सयुक्त रुपमा नगर र जनताको नाममा सफत लिएका हुन ।
सुक्रवार नवनिर्वाचित नगर–प्रमुख भरत वडायर (जोशी) ले उप–प्रमुख विमला कुमारी बोहरा(महता) १२ वटै वडाका वडा अध्यक्ष, सदस्यहरुलाई नगर र जनताका नाममा सफत खुवाएका हुन ।
२०७४ साल असाढ २० गते सफत दिई पदभार ग्रहण गरेका निर्वतमान जनप्रतिनिधीको पदावधी समाप्त भएकाले नवनिर्वाचित जनप्रतिनिधीहरुले संबैधानिक व्यवस्था अनुसार सुक्रवार सफत लिइ पदभार ग्रहण गरेका छन ।
२०७९ जेठ ५ गते अर्थात हिजो नै देशैभरका निवर्तमान जनप्रतिनिधीको पदवधी सकिएको हो ।

bb

Leave A Reply

Your email address will not be published.