जनताको भावना अनरुप काम गर्ने लक्ष्य बोकेको छु : उपेन्द्र जोरा

पदम जोरा,डडेल्धुरा

डडेल्धुराको भागेश्वर गाउँपालिका वडा.न २ का नवनिर्वाचित वडा अध्यक्ष उपेन्द्र जोराले जनताको भावना अनरुप काम गर्ने वताएका छन ।
निर्वाचन अधिकृतको कार्यालय बगरकोटमा प्रमाण–पत्र ग्रहण गर्दै उनले वडा.न २ का सम्पुर्ण मतदातालाई धन्यवाद समेत व्यक्त गरेका छन ।
“वडा न. २ का आमाबुवा, दिदिबहिनी दाजु भाईहरुले मलाई दिएको विश्वास, जिम्मेवारी, माया, साथ सहयोग र लगाएको गुन प्रति कृतज्ञता व्यक्त गर्दछु ।
मेरो क्षमता ,बुद्वि विबेकले भ्याए सम्म कोही कसैको पनि शिर झुकाउने काम गर्ने छैन ”
बैसाख ३० गते साझ ५ बजे सम्म म नेपाली काँग्रेस पार्टीको उमेदवार अर्थात एक कार्यकर्ता थिए मतदतादाको बिवेकले मलाई दिएको जनप्रतिनिधीको जिम्मेवारी जनताको सेवक भए र पुरा गर्नेछु ।
केन्द्र, प्रदेश, जिल्ला देखी स्थानीय तहका सबै अग्रज राजनैतिकदल, सामाजिक अगुवा, शिक्षाप्रेमी, बुद्विजीवी, महिला, दलित, अल्पसंख्यक, जनजाती , अपाङ्गता भएका व्यक्ति लगायतको सहकार्य र समन्वयमा अगाडी बढ्नेछु ।
वडाको बिकास, निर्माण, योजना, लक्षित कार्यक्रमहरु कति पुरा भए कति अधुरा छन सबैलाई अध्ययन गरि क्रमागत रुपमा मेरो व्यक्तिगत र म आवद्व पार्टीको घोषणा–पत्र लाई समेत आत्मसाथ गरि क्रमागत रुपमा अगाडी बढाउनेछु ।

bb

Leave A Reply

Your email address will not be published.