पदम जोरा,डडेल्धुरा
डडेल्धुराको परशुराम नगरपालिकाको मेयरमा २९ वर्षिय युवा भरत वडायर जोशीको ईन्ट्री भएको छ ।
२०७९ बैसाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा २९ वर्यिाय युवा भरत वडायर जोशी मेयरमा विजयी भएका हुन ।
जोशी परशुरामको मेयरमा विजयी भएपछि उनका सर्मथकले बुधवार जोगबुडा वजारमा विजय जुलुस प्रदर्षन गरि खुसीयाली मनाएका छन् ।
काँग्रेस परशुरामको सभापती समेत जिम्मेवारीमा रहेका जोशी ५ हजार ९४१ जनताको मत प्राप्त गरि परशुरामको मेयर पदमा विजयी भएका हुन ।
उनका निकटतम प्रतिद्वन्दी नेपाल कम्युनिष्ठ पार्टी माओवादी (केन्द्र) परशुरामका अध्यक्ष समेत रहेका शेरसिंह माल डायमण्डले ५ हजार ८०५ मत प्राप्त गरेका छन ।
जोशीले माल लाई १३६ मतले पछि पारेका छन , माल २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि कांग्रेस पार्टीको तर्फवाट निर्वाचित मेयर भीमबहादुर साउँद सँग ५ सय ४५ मतले पराजित भएका थिए ।
निर्वतमान परशुराम नगरपालिकाका मेयर साउँदले २०७४ सालको स्थानीय तहको निर्वाचनमा ४ हजार ६ सय २९ मत प्राप्त गर्दा शेरसिंह माल डायमण्डले ४ हजार ८४ मत प्राप्त गरेका थिए ।
बैसाख ३० गते राती देखी सुरु भएको मतगणनमा बैसाख ३ गते राति १२ वजे सम्पन्न भएको छ ।
मतगणनाको सुरु वडा.न १ देखी नै जोशी र माल बिच निकै कडा र रोचक प्रतिस्पर्दा भएको थियो ।
अन्तः जोशीको मेयरमा ईन्ट्री भएको छ, एमालेको पक्षमा भने न्यून मत रहेको पाइएको छ, एमालेका तर्फवाट मेयरका उमेदवार केशव बोहराले २ हजार ६०६ मत मात्रै प्राप्त गरेका छन ।
